मनाङ चामलकाे विज्ञापन भाइरल भएपछि भूवन तिवारी पहिलोपटक मिडियामा(भिडियो सहित)

मनाङ चामल भाइरल भएपछि भूवन तिवारी अहिले जताततै भाईरल भएका छन् । उनको एउटा विज्ञापन भिडियो सामाजिक सञ्जालमा निकै चर्चामा छ । मनाङ चामलले आफ्नो प्रचारप्रसार गर्न बनाएको विज्ञापन चर्चामा रहेको हो ।

हुनत उनले यस बिज्ञापन क्षेत्र तिर बिगत ६ बर्ष देखि भिडियो बनाउदै आएका थिए । अहिले आएर भिडियो भाईरल भएपछि विज्ञापन गराउनेको ताती नै लागेको छ । मनाङ चामलको भिडियो भाइरल हुदा उनि खुशी भएको बताउछन् । उक्त भिडियो चामलका कारण नभएर भिडियोका कारण विज्ञापन भाइरल बनेको थियो ।

उक्त भिडियोको कसरि बन्यो- एउटा कारमा बुबा र छोरी जान्छन् । सानो छाप्रो नजिकै उभिएर एक युवक दुवै जनालाई स्वागत गर्न तयार हुन्छन् । घर र गेटअप हेर्दा युवक निकै गरिब देखिन्छन् । बुबा र छोरी कारमा आएर उनकै घर अगाडि रोकिएर एकछिन घर र युवकलाई हेर्छन् । घर देखेपछि बुबा छोरीतर्फ हेरेर केही सोच्छन् । बुबा सिधै घरभित्र प्रवेश गर्छन् ।

घरभित्र छिरेर भित्रको अवस्था हेर्छन् । घरको भित्तामा युवकले आफ्नो र प्रेमिकाको फोटो टाँगेका हुन्छन् । भिडियोमा बुबाको भूमिका अनुप तिवारीले निभाएका छन् । जो भुवनकै आफ्नै काका हुन् ।

त्यस्तै युवतीको भूमिकामा रहेकी सनम अर्याल उनको बहिनी हुन् । सबै आफन्तलाई राखेर उनले भिडियो सुट गरेका थिए । त्यतिबेला सम्म भिडियो हेर्दा खासै केही लाग्दैन । जब प्रेसर कुकरमा सिट्टी लाग्छ । अनि भिडियोमा ट्वीस्ट देखिन्छ ।

सिट्टी लागेपछि उनले मनाङ चामलको बास्ना थाहा पाइहाल्छन् । त्यसपछि युवक बोल्छन्– म त सधैँ मनाङ चामलमात्रै खान्छु अंकल । त्यसपछि युवतीका बुबा नरम र सभ्य भाषामा बोल्छन्– अंकल होइन, अब बाबा भन्नुस् ज्वाइँ साप ।

त्यति भनिसकेपछि प्रेमी–प्रेमिका मख्ख हुन्छन् र एक अर्कालाई औँठी लगाइदिन्छन् । युवतीका बुबाले दुवै जनालाई आशीर्वाद दिन्छन् । कसरि बन्यो भिडियो भाईरल आउनुहोस तलको भिडियो हेरौ ।