नरेश खातीको शब्द संगीतमा मेक्सम खाती र समिक्षा अधिकारिले गाएको नया दोहोरी गीत बजारमा

लोकप्रिय सर्जक नरेश खाती क्षेत्री र मेक्सम खाती क्षेत्रीको नया लोकदोहोरी गीत ‘आउन वर वर’ बजारमा आएको छ। दाजु भाईको जोडी निकै जमेको थियो केहि समय मेक्सम खाती क्षेत्री विदेश लागेपछि दुईको सहकार्य केहि समय ओझेल परेपछि संगै जोडिएर नया गीतको प्रतीक्षा दर्शकले गरेका थिए त्यो पुरा भएको छ।

लोकप्रिय गायिका समिक्षा अधिकारे र मेक्सम खाती क्षेत्रीले आवाज दिएको उक्त गीतमा नरेश खाती क्षेत्रीको शब्द र लय रहेको छ।मेक्सम नरेश युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीत एक प्रेमी प्रेमिका बिचको साचो प्रेमलाई जोडेर बनाइएको छ भने प्रेमी प्रेमिकाको कहानीको यथार्थ पक्ष भिडियोमा देखाइएको छ।

मेक्सम खाती क्षेत्रीकै अभिनय रहेको गीतमा मेक्समलाइ जुम्लिया प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले साथ् दिएका छन।चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेको भिडियोको सम्पादन भने मिलन बिक ले गरेका हुन्।प्रकाश खड्काले छायांकन गरेको गीतको भिडियो निकै उत्कृष्ट बनेको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ।भिडिओ हेरौ :