अन्तत : भाइरल जन्तरे मामाले गरे यस्तो कमेडी अभिनय , श्रीमतीलाइ यसरी व्यंग गर्दा सबै हासेको हांसै भए (भिडियो सहित)

पछिल्लो समय सामाजिक संन्जालमा रातारात भाइरल बनिरहेको नाम हो,अमित कुमार राई उर्फ जन्तरे मामा । बिभिन्न सामाजिक संन्जालहरुमा भेटिए अर्का नारायण गोपाल भन्ने टाईटलमा भिडियोहरु सार्वजनिक हुन् थाले पछि उनि रातारात भाइर बनेका हुन् ।पाँचथरको फिदिममा जन्म लिएका उनि यति बेला ४८ वर्षका भए । हाल उनि मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा बसोबास गर्छन् । सानो उमेर देखीनै गाउँन रुची राख्ने उनको प्रतिभा दर्शक श्रोता सम्म पुग्न निक्कै कठिन थियो ।

उमेरमा गाउँ घरमा हुने सासकृतिक कार्यक्रम भाग लिएर उपस्थितहरुलाई मन्त्रमग्न बनाउथे । उनि सानै उमेर देखी स्व. स्वरसम्राट नारायण गोपालका गीतहरु गाउँन रुची राख्दथे रे । त्यहि भएर पनि होला उनलाई ‘भेटिए अर्का नारायण गोपाल’ भन्ने टाइटल दिएको ।यतिबेला उनको आवाजले देश तथा विदेशमा रहनुहुने नेपालीहरु बाट निक्कैनै चर्चा पाउन थालेको छ । भाइरल जन्तरे मामा गायनमा मात्र नभएर अभिनयमा पनि धेरै राम्रो प्रतिभा तलको भिडियोमा देख्न सकिन्छ । हेर्नुस उनले अभिनय गरेको रमाइलो भिडियो ।