‘प्रेमगीत ३’ का अनुभव र योगीशाको लुक्स सार्बजनिक

अनुभव रेग्मी प्रेम तथा योगिशा खत्री गीत लाोई चलचित्र “प्रेमगीत ३”का निर्माण पक्षले उनको क्यारेकटर पोष्टर सार्वजनिक गरेका छन्। उनको यो पृथक लुक्सले एकपटक उनका सम्पूर्ण फ्यानहरुको आँखा ठुलो पार्ने पोष्टर हेरेर अनुमान गर्न सकिन्छ। पोष्टरमा देखिए अनुसार अनुभव रेग्मी राजकुमार लभर ब्वाइको भूमिका निर्वाह गरेको बुझ्न सकिन्छ।

डेढ वर्ष भन्दा बढी समयको स्क्रिप्ट लेखन, ४ महिना देखि नेपालमै पहिलोपटक यसकिसिमको सेट निर्माण, थुप्रै लोकप्रिय कलाकारहरुलाई एकसाथ ठुलो पर्दामा देखाउने सपना र दर्शकहरुलाई चलचित्र इतिहासकै अहिलेसम्म नदेखिएको पृथक अनुभव दिने आसुसेन फिल्म प्रोडक्सनको बहुप्रतिक्षित चलचित्र “प्रेमगीत ३”को ४५ प्रतिशन छायांकन कार्य समाप्त भएको छ। इन्डोर सेटमा महत्वपूर्ण र अधिकांश सिनहरु रहेको हुँदा निर्माता सन्तोष सेनले यस चलचित्रको लागि एउटा भव्य सेट निर्माण गरेका हुन्। यस किसिमको सेट निर्माण कार्य नेपाली चलचित्र जगतमै पहिलो पटक भएको हो। अहिले चलचित्रको किर्तिपुर स्थित सेटमा हुने सम्पूर्ण इन्डोर छायांकन (जुन पूर्ण चलचित्रको ४५ प्रतिशत पनि हो) समाप्त भएको छ।

अब यहाँ को काम सकेर निर्माण टोलि आउटडोर शुटिंगका लागि मनाङ्गका रमणीय लोकेसनहरुमा धमाधम सुटिं हुदै छ । जाडो महिनामा हिमपात हुने मनाङ्गमा छायांकन गर्नु कठिन र चुनौतीपूर्ण रहनेछ। तर, निर्देशक छेतन गुरुङ्ग र सन्तोष सेनले चुनौतीहरुलाई नजरअन्दाज गरेर दर्शकलाई पर्दामा एउटा मिठो उपहार दिनका लागि महिनौ देखि यो समय पर्खेको सुन्न पाइन्छ। सम्पूर्ण निर्माण टिमलाई सफलताको शुभकामना।

चलचित्रको छायांकन भएका दृश्यहरुको सम्पादन कार्य जारी छ। यो चलचित्रको पुर्व तैयारी निक्कै मजबुत रहेका कारण छायांकन पछि प्रदर्शनको लागि धेरै समय नलाग्ने भएको हो। चलचित्र नयाँ वर्षको अवसर पारेर यहि चैत्र २८ गतेबाट भव्यताका साथ प्रदर्शन हुनेछ। यस चलचित्रमा प्रदीप खड्का, शिव श्रेष्ठ, क्रिष्टिना गुरुङ्ग, मानिस राउत, सुनिल थापा, माओत्से गुरुङ्ग, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, पुस्कर कार्की र स्वयम् निर्माता निर्देशक सन्तोष सेन लगायतका कलाकारहरुको सशक्त अभिनय देख्न सकिनेछ।