चलचित्रबाट दर्शकलाई रूहाउने कलाकार सुभद्रा अधिकारीले सबैलाई रूहाएर गईन,आर्यघाटमा कलाकारको रुवाबासी

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको हृदयघातका कारण निधन भएको छ । शनिबार, डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षीय सुभद्राको निधन भएको हो । उनी लामो समयदेखि दमको बेथाले थलिएकी थिइन् ।

शुभद्रा अधिकारीको पार्थिव शररीलाई शनिबारै अन्त्यष्टि गरिएको छ । पशुपति आर्यघाटमा स्व.शुभद्रा अधिकारीलाई श्रद्धाञ्जली दिन फिल्मकर्मीहरु सहभागी भएका थिए । उनको पार्थिव शरीरमा नेपाल चलचित्र कलाकार संघको झण्डा आढाइएको थियो । फिल्म ‘मनको बाँध’बाट काँचको पर्दामा अभिनय यात्रा थालनी गरेकी शुभद्राले दर्जनौं फिल्महरुमा जीवन्त अभिनय गरेकी छिन् । उनले बाल उमेरबाट नाटक मार्फत अभिनय यात्रा सुरु गरेकी हुन् ।