काठमाडौँ । टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रबि लामिछानले सोही कार्यक्रमका प्रोड्युसर दीपक बोहोरासँग कुटाकुट गरेका छन् भन्ने समाचार आएको थियो । होटल याक एन्ड यतिमा एक कार्यक्रमका दौरान रबिले एकोहोरा दीपकलाई कुटेको भन्ने भ्रामक समाचार आयो ।घटनापछि निकै निराश भएका ‘न्युज २४’का पत्रकार जागिर छाड्ने मनस्थितिमा पुगेका छन् आदि इत्यादी समाचार आए ।
उनले हालै आफ्नो फेसबुकमा लेखे, ‘पत्रकारिताबाट पुग्यो जस्तो लाग्यो ।अब फेमिली बिजनेस, फेमिली टाइम…।’ यसको अर्थ दीपकले रविकै कारण जागिरबाट हात धुनु पर्ने अवस्था आएको बुझिन्छ । कार्यक्रम सीधा कुराको लोकप्रियता क्रमशः खस्किदै जानु र विवादमा पनि फस्दै गएका कारण रवि आफै पनि तनावमा रहेको निकटस्थहरु बताउँछन् । यस्तो भ्रामक समाचार आएपछि रबि लामीछाने र प्रोड्युसर दिपक बोहोरा एकसाथ लाइभ आएर यसको बास्तबिकता खुलाएका छन् । आखिर के हो त बास्तबिकता ? तल भिडियोमा हेर्नुहोला ।