गायक तथा संगीतकार टंक बुढाथोकीले बाल गायक अशोक दर्जीलाइ केही दिनदेखि अाफ्नाे सम्पर्कमा अाउन नदिएको भन्दै एक प्रिन्सिपलले दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएका टन् । मोरङको उर्लाबारीस्थित बेथल एजुकेशनल एकाडेमीका प्रिन्सिपल दीपक न्यौपानेले संगीतकार बुढाथोकीले बाल गायक दर्जीलाई टाढा बनाएको भन्दै निवेदन दिएका हुन् ।बाल गायक दर्जी बेथल एजुकेशनल एकाडेमीमा अध्ययनरत छन्। न्यौपानेले मंगलबार दमक नगरपालिका वडा नम्बर २ को वडा कार्यालयमा बाल गायक दर्जीलाई लाने बुढाथोकीलाई झिकाई पाऊ भन्दै निवेदन दिएका हुन्।
संगीतकार बुढाथोकीले गत असार २३ गते परीक्षा चलिरहेको अवस्थामा बाल गायक दर्जीलाई लिएर गएको प्रिन्सिपल न्यौपानेले बताए। तर, दर्जीलाई लगेपछि आजसम्म फिर्ता नल्याएकाले ‘सम्बन्धित व्यक्ति झिकाई पाऊ’ शीर्षकको निवेदन वडा कार्यालयमा दर्ता गरेको न्यौपानेले बताए। न्यौपानेले दर्जीलाई भोलिपल्टै ल्याइदिने सर्तमा बुढाथोकीले लिएर गएको बताए।
न्यौपानेले निवेदनमा भनेका छन्, ‘बाल गायक अशोक दर्जीलाई उर्लाबारीस्थित बेथल बोर्डिङबाट भोलि नै फिर्ता ल्याउँछु भनि २०७५/०३/२३ गते परीक्षाको चौथो दिन लाने व्यक्ति टंक बुढाथोकीले आजको मितिसम्म पनि उपस्थित नगराएको हुँदा बेपत्ता बालक र लाने व्यक्तिलाई यस कार्यालयमा उपस्थित गराइदिनु हुन अनुरोध छ।’दुई सातायता संगीतकार बुढाथोकी र प्रिन्सिपल न्यौपानेबीच बाल गायक दर्जीलाई कसले राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ।
[youtube https://www.youtube.com/watch?v=BwLTlMMVjRQ]