“कैदीको पत्र” चलचित्रको प्रथम प्रस्तुति एडन्वरा, स्कटल्याण्डमा सफल प्रदर्शन॥

भिजन संसारको पहिलो प्रस्तुति, कैदिको पत्र, लोकल कलाकारहरू द्वारा अभिनीत तथा युकेका बिभिन्न शहरहरूमा छायाकंन गरिएको सत्य घटनामा आधारित नेपाली कथानक चलचित्र स्कटल्याण्ड एडण्वराको Grass Market Hall मा यही १२ सेटेम्वर, सोमवार सम्पूर्ण कलाकार तथा टिमका साथ रेड कार्पेट प्रिमिएर शो सफलतापूर्वक भव्य रूपमा House Full; प्रदर्शन भएको छ।

सनम कुमार बैराग द्वारा निर्देशित साहित्यकार स्व. ईश्वर मानन्धरको कथामा आधारित चलचित्र कैदीको पत्रमा नायक स्कटल्याण्ड युके निवासी कुणाल बिश्वकर्मा, नायीका Madison Lazarus, सलिना थापा मगर, पृथ्वीराज खत्री साथै स्कटल्याण्ड वासीहरू द्वारा अभिनित तथा युकेमै छायाकिंत चलचित्र बेलायतवाट निर्मित कथानक नेपाली चलचित्र कैदीको पत्र बेलायतवाटै फस्ट रिलिज भएको छ।


स्कटल्याण्ड एडण्वराको ग्रास मार्केट हलमा भएको रेडकार्पेट शोमा चलचित्र कैदीको पत्रका प्राय सवै कलाकारहरुको सहभागिता रहेको थियो।उक्त प्रिमिएर शो कार्यक्रममा नेपाल स्कटल्याण्ड एसोसीएसन का अधक्ष्य बिजय डंगोल द्वारा कार्यक्रमलाई एनएसए तथा स्कटल्याण्ड परिवारको तर्फबाट स्वागत तथा शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि एनआरएनए स्कटल्याण्डका अधक्ष्य काशीराम भण्डारी तथा एनआरएनए युकेका उपाध्यक्ष मोहन भण्डारी द्वारा उक्त प्रिमिएर शो को उद्घाटन गरी चलचित्रको प्रर्दशन शुरू गरेका थिए साथै उक्त प्रिमिएर शो मा फाईप नेपाली कम्यूनिटी का अधक्ष्य राम वगाले, गल्कोट समाजका उपाधक्ष्य गोबिन्दराम कंडेल, फाईप नेपाली कम्यूनिटीका सचिव दिवाकर पाण्डे, मालिका पंचे बाजाका केसी भाई तथा स्कटल्याण्डका बिभिन्न संघ संस्थाका पदाधिकारीहरू, व्यवसायीहरूले उपस्तिथ जनाएका थिए भने स्कटल्याण्डका बिभिन्न सहरबाट आएका दाजुभाई, दिदीबहिनी हरूले हल खचाखच भरीएको थियो।

स्कटल्याण्डको एडिनवर्गमा फस्ट रिलिज भएको कैदीको पत्रले पहिलो दिनमा रेकर्ड नै ब्रेक गरेको छ। एडिनवर्गको हलमा हाउस फूल नै भएको थियो। एडिनवर्गका दर्शकहरुले स्कटल्याण्डको सुन्दरता अनि सोही स्थानको कथावस्तुमा नेपालीहरुको यथार्थ ता चलचित्र कैदीको पत्र मार्फत हेर्न पाउंदा रमाइलो मानिरहेका थिए। नेपाल बाहिर र परदेशवाट निर्मित नेपाली कथानक चलचित्र कैदीको पत्रले बेग्लै पहिचान तथा फरक स्वाद दिएकोमा चलचित्र हेर्ने दर्शकहरुले चलचित्र कैदीको पत्र जस्तो पो भनेर खुशीले अआफ्नो सकारात्मक प्रतिक्रिया दिइएको थियो।

ख्यातिप्राप्त कथाकार स्वर्गिय ईश्वर मानन्धरको अमर कृति कैदीको–पत्रमा आधारित नेपाली चलचित्र कैदीको पत्रको निर्देशन बेलायतमा नै रहेको ख्यातिप्राप्त निर्देशक सनम कुमार बैरागको रहेको छ। निर्देशक बैरागको अथक मेहनत तथा परिश्रमले चलचित्र कैदीको पत्रले सार्थकता प्राप्त गरेको फस्ट रेड कार्पेट शो स्कटल्याण्डमा भएयता प्रमाणित भएको छ।


स्कटल्याण्डको क्रीफ, आबरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोमा छायाँकन भएको चलचित्र कैदीको–पत्रको केही प्रतिशत छायाँकन लण्डनमा पनि भएको थियो। निर्देशक बैरागका अनुसार, चलचित्र कैदीको–पत्र नेपालबाट अध्ययनको क्रममा बेलायत आएका एक युवकको कथा हो। जसको स्कटिस् युवतीसंगको प्रेम हुन्छ। त्यस युवकले खुशीलाई सम्हाल्न सक्दैन र त्यसबाट निम्त्याएका दुःखले युबकलाई कुन हदसम्म पुर्याउछ भन्ने कथावस्तु चलचित्र कैदीको–पत्रले बोकेको छ।


कैदीको पत्रमा म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वीराज क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापा, बाल कलाकार किरण कार्कि लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ।
कार्यक्रमले सम्पुर्ण चलचित्र टिम लाई हार्दिक बधाईका साथै चलचित्र सुपर हिटको लागि अग्रिम शुभकामना तथा दर्शकहरू लाई आफ्नो नेपाली चलचित्रलाई हेरी माया गरी यस प्रिमिएर शो लाई सफल गरीदिन भएकोमा हार्दिक धन्यवाद दिएका छन्। साथै चलचित्रको माग अनुसार फेरी पनि दर्शकहरूको समक्ष यस चलचित्र प्रस्तुत गर्ने अधक्ष्य डंगोलको भनाई रहेको छ।