टुकुचामाथि निरन्तर डोजर : पहिलो चरणमा ७ ठूला भवन भत्काइँदै

काठमाडौँ, २ असोज । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि ईटाको गुम्बजभित्र बगिरहेको इच्छुमति टुकुचा भेटेपछि टुकुचा कजा गर्नेहरूले धमाधम घर खाली गर्न थालेका छन्।

काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ। त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन्।

तीमध्ये जय नेपाल हाल, त्यससंगै रहेको दुईवटा भवन, काठमाडौं प्लाजा, सिटी एक्सप्रेस रहेको भवन र अर्को एउटा नौतले भवन रहेका छन्।

यो समाचार नेपाल समाचार दैनिकमा छ ।

यो पनि :-

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारले चुनाव जितेपनि काम गर्न नसक्ने बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा तिमिल्सिनाले बहुदलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवारले जितेर संसदमा केही काम गर्न नसक्ने बताएका हुन् ।

उनले भने, ‘बहुदलीय व्यवस्था हो । बहुदलीय व्यवस्थामा कतिपय आउनुहुन्छ स्वतन्त्र स्वभाविक हो । तर स्वतन्त्रले सरकार बनाउन–चलाउन सम्भव छैन ।कतिपय सेलिब्रेटी युवाहरुले पार्टी खोलेपनि एक ठाउँमा बस्नै नसकेको भन्दै उनले भने, ‘अहिले कोही कता, कोही कता ? इमान्दारीपूर्वक राजनीति गर्ने हो भने त्यो गाह्रै कुरा हो । पार्टी चलाउने पनि गाह्रो छ ।’

स्थानीय चुनावमा केही स्वतन्त्र उम्मेदवारले जितेको र उनीहरुलाई काम गर्न पनि त्यति अप्ठ्यारो नभएको बताए । तर प्रदेश र केन्द्रमा सरकार बनाउनुपर्ने भन्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले भने, ‘एउटा सांसदले अलिकति चेतना जगाउन सक्छ । तर उसले आम रुपमा चेन्ज ल्याउन सक्दैन ।’

उनले अगाडि भनेका छन्, ‘म राष्ट्रिय सभा अध्यक्षले सकेको छैन । सांसदले कहाँ सक्नुहुन्छ ? एकजना सांसद स्वतन्त्र आउनुहुन्छ, बोल्नुहुन्छ । बोलेको बोलेकै गर्नुहुन्छ । तर अर्को पटकबाट निराश भएर सकिँदो रहेनछ भनेर अरुलाई पनि निराश बनाउने हुन्छ ।’ बरु दलमा आवद्ध हुन उनले आग्रह गरे ।

यो पनि :-

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मंसिर ४ गतेको निर्वाचनमा परम्पारगत राजनीतिक शक्तिहरु बढारिने बताएका छन्। संसदको अन्तिम बैठकमा बोल्दै उनले युवाहरुको विद्रोहको लहर चलेको भन्दै पुराना नेताहरु बढारिनसक्ने चेतावनी दिए। उनले बालेन र हर्कहरु त त्यसको झिल्को मात्र भएको बताए।

‘बालेन र हर्कहरु त्यसैले आएका होइनन्। उनीहरु त युवा पुस्ताका झिल्को मात्र हुन्,’ उनले भने, ‘गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला। तर सहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं। हामी को को बढारिन्छौं म भन्न सक्दिन. मलाई त आत्मविश्वास छैन।’

यो पनि पढ्नुहोश:नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसद् देश र जनताको हितमा प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् । शनिबारको संसद बैठकमा बोल्दै उनले सर्वोच्चबाट संसद पुनस्र्थापना भएपछि कतिपय अवस्थामा संसद्लाई दुरुपयोग गरिएको समेत आरोप लगाए ।

मुलुकमा डेंगु रोगका कारण जनता पीडामा परिरहेको, तर त्यसतर्फ सरकारको उचित ध्यान जान नसकेको उनले आरोप लगाए । उनले मुलुकमा भूमि नहुनेलाई भूमि दिए मात्र भूमिसुधार हुने उल्लेख गर्दै भने,‘जोत्नेलाई भूमि दिए मात्र भूमिसुधार हुन्छ ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मंसिर ४ गतेको निर्वाचनमा परम्पारगत