घरबेटीको छोरीसंग लभ परेपछि डेरावाल प्रेमीको यस्तो हालत (भिडियो हेर्नुस्)

सिन्धुलीका हरी बराल केही वर्ष अघि वैदेशिक रोजगारीका लागि कतार गएका थिए । काठमाडौमा पसल गरेका थिए । उनले श्रीमतीलाई पसलको जिम्मा दिएका थिए ।

नाक कानमा गहना पनि बनाइदिएका थिए । उनी २१ महिना पछि कतारवाट विदेशवाट फर्किए । उनलाई श्रीमती अनु वराल विमानस्थलमा लिन गइन् । उनको नाक कान सबै रित्तै देखेपछि के गर्यौ सुन भनेर सोधे रु श्रीमतीले सुन मात्र होइन पसल पनि बेचेको रहेछ ।

श्रीमतीले खर्च चाहिएर पसल सकेँ भने पछि उनी चुप लागेर बसे । शिक्षण अस्पताल महाराजगन्ज नजिक उनी जसको घरमा भाडा बस्थे त्यही घरकी छोरीसंग प्रेम भएपछि विवाह गरेका थिए । अनुको मुख्य घर इलाम हो ।

फर्निचरमा काम गर्न र सिक्न भन्दै भाडामा बसेका थिए । त्यही बेला अनुसंग प्रेम भएको थियो । विदेशवाट आएको दुई वर्ष पछि फाइनान्स वाट एक जना चिनेको मानिसले फोन गरे । तिम्रो श्रीमतीले दुई वर्ष अघि ५० हजार रुपैया लिएकी थिइन् अहिले सम्म ब्याज पनि तिरेको छैन । त्यसको व्याज सहित गरेर एक लाख रुपैया पुगेको छ पैसा तिर भने पछि उनी छाँगावाट खसेजस्ता भए ।

श्रीमतीलाई फेरी पैसाको बारेमा सोधे । श्रीमतीले सिधै मैले खाँए भनेर जवाफ दिइन् । अहिले उनको छोरा १३ वर्षको छ भने छोरी ३ महिनाकी छन् । अहिले छोरी लिएर श्रीमती हिँडेपछि श्रीमान खोजीको लागि मिडिया सामु आएका छन् ।

उनी पाल्पा गएर फर्केका थिए । कोठावाट ५ मिनेटको दुरीमा श्रीमती फेला परिन । कता जान लागेको भनेर श्रीमतीलाई सोध्दा मेरो अचानक पेट दुख्यो शिक्षण अस्पताल जान लागेको भनेर सुनाए पछि उनी आफै छोड्न जान खोजेका थिए । तर श्रीमती एक्लै गइन् ।

राती करिब १० वजे उनी वाहिर निस्केका थिए । अनि राती करिब १ वजे फर्कदा श्रीमती पनि कोठामा छैनन् कोठामा केही सामान पनि छैन । छोरी समेत श्रीमती हराएपछि अहिले उनी खोजीमा लागेका हुन् !