कमेडियन अपूर्व क्षितिजविरुद्ध सुमन सायमीको टिमले जाहेरी दिँदै

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध नेवा अभियन्ताहरुले जाहेरी दिने भएका छन् । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याएको ठहर गर्दै नेवा अभियान्ता सुमन सायमीसहितको टिमले उनीविरुद्ध जाहेरी दिने भएका हुन् ।

अभियान्ता सायमीले नेपाल प्रेसलाई जानकारी गराएअनुसार शनिबार नै उनीहरु क्षितिजविरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको भए पनि सार्वजनिक बिदाको दिन भएको कारण जाहेरी दर्ता नगरिएको तर आफूहरु क्षितिजले सजाय पाउनु पर्छ भन्नेमा दृढ रहेको बताए ।

‘नेवा समुदाय आस्था, बोलीचाली, रहनसहनमाथि गहिरो आघात पुर्याएको छ त्यसको सजाय उसले पाउनु पर्छ,’ उनले थपे ‘धार्मिक सहिष्णुतामाथि नै गम्भीर आघात पुग्ने किसिमको उसको प्रस्तुती छ त्यो हेर्दा यो भाई कतैबाट परिचालित देखिन्छ ।’ क्षितिजको हालै मात्र ‘कमेडी क्याफे’ नामक युटुब च्यानलमार्फत ‘नेवारको परम्परा’ शीर्षकमा ‘स्ट्यान्डअप’ कमेडी भिडिओ सार्वजनिक भएको थियो ।

भिडिओ विवादमा तानिएपछि हाल उक्त भिडिओ युट्युबबाट हटाइएको छ भने क्षितिजले उक्त भिडिओ नितान्त मनोरन्जनको लागि बनाइएको र यसले कुनै समुदायको आस्थामा चोट पुर्याएको भए आफू क्षमाप्राथी रहेको बताएका छन् । क्षितिजले सामाजिक संजाल फेसबुकमार्फत यस्तो धारणा व्यक्त गरेका हुन् ।

यो पनि :-

तीज आउनु पहिलेदेखि नै दर पार्टी र नाचगान । दरको नाममा कतिपयले ‘दारु’ पनि खाएको देखियो । कतिपय गीत सुनिनसक्नुको । कति नाच हेरिनसक्नुको । हुँदाहुँदा अहिले ‘काला चश्मा’ भन्दै टिकटकमा भाइरल नाच देखाउने होडबाजी । यी सबै देख्दा मलाई पहिलेको तीजको याद आयो ।

उबेला तीज आउनु केहीदिन अघिदेखि मात्रै चहलपहल हुन्थ्यो । बिहे गरेका दिदीबहिनी लिन दाजुभाइ जान्थे । दर खाने दिनसम्म दिदीबहिनीहरु माइत आइपुग्थे । दर खानको लागि भनेर पहिलेदेखि नै घरमा घिउ र लोकल कुखुरा खोजेर राखिएको हुन्थ्यो ।

चेलीबेटी जम्मा भएको दिन घरमा आमा–दिदीहरुले दुःखसुखका कुरा साट्थे । दिदीले घरमा पाएको दुःख सुनाउँथिन् । अनि आमा र दिदी सुँक्कसुँक्क गर्थे । उहाँहरुको पीडा र वेदनाका कुरा सुनेर हामी केटाकेटीको मन पनि अमिलो हुन्थ्यो ।

आमा–दिदीहरुको भलाकुसारी सकिन नपाउँदै हामी निदाउँथ्यौँ । अनि राति १२ बजेतिर आमाले दर खाने बेला भयो भन्दै उठाउनुहुन्थ्यो । अनि आँखा मिच्दै उठ्थ्यौँ । घिउ हालेको भात, दही, केरा, आलुको मिठो तरकारी । आमा–दिदीहरुसँगै बसेर खाँदा कति रमाइलो हुन्थ्यो ।

भोलिपल्ट बिहानै उठेर त्रिशूलीमा नुहाउन जान्थ्यौँ । गाउँका सबै दिदीबहिनीसँग भेट हुन्थ्यो । बिहे भएर गएका दिदीहरुसँग भेट हुने मौका नै यहीबेला मिल्थ्यो । नदीको किनारमा पूजा गरेपछि तीजको व्रत सुरु हुन्थ्यो । अनि फर्किएर घर आएपछि गाउँमा कसैको घर या चोकमा जम्मा हुन्थ्यौं । अनि नाचगान गरेर रमाइलो गर्थ्याैँ ।

अनि ऋषिपञ्चमीको दिन पनि उस्तै रमाइलो हुन्थ्यो । बारीमा दतिवन खोज्न जान्थ्यौं । घरको पिँढीमा बसेर दतिवन केलाउँथ्यौँ । बिहानै नदीमा गएर नुहाउँथ्यौँ। गाउँका सबै दिदीबहिनी एकैठाउँमा बसेर नुहाउँदा कति रमाइलो हुन्थ्यो । ऋषिपञ्चमीको दिन पनि उसैगरी नाचगान गरेर रमाइलो गर्थ्याैँ । दिदीबहिनी र साथीसँगीहरुसँग भेट । आमाले पकाएको मीठा खानेकुरा । बाबाले छोरीहरुलाई खुवाउन भनेर गाउँबाट खोजेर ल्याएको लोकल कुखुराको भालेको मासु । साधारण तर मौलिक तीज । अहिलेजस्तो भड्किलो थिएन ।तर केही वर्ष भयो मैले त्यस्तो मौलिक तीज देख्न पाएको छैन ।

अहिलेको तीजमा पारिवारिक माया, भावना र संस्कृति नै देखिँदैन । घरमा आमाले पकाएको मीठो दरभन्दा पार्टी प्यालेसमा खाना देखिन्छ । तीज आउनुभन्दा महिनौँ पहिलेदेखि नै होटल र पार्टी प्यालेसमा दर खाने भन्दै दिदीबहिनी जम्मा हुन्छन् । भड्किलो पहिरनमा रमाउँछन् । पार्टी प्यालेसमा दर भन्दै खाइने परिकार र नाचगान हाम्रो असली तीज हो त ? हाम्रो तीजको संस्कृति यस्तै हो त ? हामी शिक्षित र पढेलेखेको भन्छौँ, तर आफ्नो संस्कृतिमा विकृति मिसिएको किन देख्दैनौँ ?

पहिलेका तीजका गीतमा पीडा र वेदनासँगै जागरणको कुरा हुन्थे । आमा–छोरी, दिदीबहिनी सँगै बसेर नाचगान गर्थे । बा, हजुरबा, दाजु, काका र छिमेकका अरु पुरुषले पनि रमाइलो मानेर तीजको नाचगान हेर्थे । तर अहिले कतिपय तीजका गीत सुन्नै नसकिने खालको छ । कतिपय दिदीबहिनी तीजको गीत भन्दै हिन्दी गीतमा नाच्छन् । परिवारका सबैजना सँगै बसेर हेर्नै नसकिने खालको हुन्छ ।

स्वतन्त्रता भनेको ढुक्कसँग खान, लगाउन, लेख्न, पढ्न र पुरुषले जसरी नै बाहिर काम गर्न पाउनु, आफ्नो कुरा निर्धक्क राख्न सक्नु, आफ्नो निर्णय आफैँ गर्न पाउनु, हिंसाको विरोध र अधिकारको पक्षमा बोल्न सक्ने हुनु, सहीलाई सही र गलतलाई गलत भन्न सक्नु हो । तर यहाँ त स्वतन्त्रताको नाममा एक हातमा चुरोट र अर्को हातमा बियरका बोतल समाउँदै आधा ज्यान ढाक्ने कपडा लगाएर भड्किलो गीतमा नाचिन्छ ।

समानता भनेको पुरुष सरह अवसरहरु पाउनु, सम्मान पाउनु, पुरुषसँगै आफ्ना विचार र राख्न र निर्णय गर्न पाउनु जस्ता कुराहरु पर्छन् । हामी महिला आरक्षणको कुरा गर्छौँ। असमानता भयो भन्दै आरक्षणको कोटा खोज्छौँ, गाडीमा आरक्षण सिट खोज्छौँ । अनि कसरी समानताको कुरा गर्न मिल्छ ?

हिम्मत गर्ने हो भने त हामी महिलाले पनि श्रीमान, बाबा, दाइभाइजस्तै म पनि आफ्नै कमाइले घरखर्च धान्न सक्छु, पुरुषसँगै खुला रुपमा हरेक कुरामा प्रतिस्पर्धा गर्न सक्छु, म अगाडि बढ्छु बढ्छु, पुरुषजस्तै सार्वजनिक गाडीमा उभिएर यात्रा गर्न सक्छु, घरभित्रको काममा मात्रै होइन बाहिर पनि काम गरेर कमाउन सक्छु भनेर देखाउन सक्नुपर्छ । कतिपय महिलाले पुरुषले भन्दा राम्रो काम गरेर र उच्च ठाउँमा पुगेर पनि देखाएका छन् ।

तर कतिपयले चाडपर्वलाई भड्किलो बनाएर सबै महिला उस्तै त हुन् नि भन्ने पारिरहेका छन् । छोटा र भड्किलो कपडा लगाएर काला चश्मा भन्दै हिन्दी गीतमा उफ्रिएर हाम्रो संस्कृति बच्दैन । यसरी नाच्नु समानता र स्वतन्त्रताको प्रमाण पनि होइन । तीजमा भित्रिएको विकृति रोक्न सकिएन भने हाम्रो मौलिक संस्कृति र परम्परा इतिहासको पानामा सीमित हुनेछ। -सुनिता अधिकारी/ujyaaloonline