गोरखा सिरानचोक ५ बस्ने धन सिं सार्कीको उमेर १ सय ६१ वर्ष

गोरखा – सिरानचोक गाउँपालिका वडा न. ५ छोप्राक काभ्रेश्वरा निवासी धन सिं सार्कीको नागरिकता अनुसार उनको उमेर १ सय ६१ वर्ष पुगेको छ । धन सिंको वास्तविक उमेर भने ६२ बर्ष मात्रै हो ।

नागरिकतामा उनको जन्म मिति १९१८-१-४ उल्लेख छ । उनले पटक-पटक जिल्ला सदरमुकाम पुगेर सच्याउन अनुरोध गर्दापनि जिल्ला प्रशासन कार्यलय बाट सच्याउन नमिल्ने बरु सामाजिक सुरक्षा भत्ता लिदै गर्नु भनेपछि उनी उमेर नपुग्दै भत्ता थापीरहेका छन । धन सिं भन्छन् ‘वास्तविक उमेर नपुगेको कारण लाज लागेर २-३ पटक भत्ता लिन पनि नगएको बताउछन, उमेरले सामाजिक सुरक्षा भत्ता लिने समय नपुगे पनि राज्यको नियम अनुसार उमेर पुगेको कारण हालसम्म बृद्द भत्ता थापिरहेको छु’ ।

सिरानचोक गाउँपालिकामा हाल दुई हप्ते राष्ट्रिय परिचयपत्र फारम भर्ने कार्यक्रम चलिरहेको बेला धन सिं १ सय ६१ वर्ष उमेर भएको नागरिकता बोकेर राष्ट्रिय परिचयपत्रका लागि वडा कार्यलयमा आफ्नो नाम दर्ता गर्न आएका छन ।

‘नागरिकता यही हो राष्ट्रिय परिचयपत्र भने बन्ला कि नबन्ला थाहा छैन’ धन सिं बताउछन ।

नागरिकतामा सकेसम्म केरमेट गरिनुहुन्न तर उनको र बुबाको थर लेख्ने ठाउँमा पहिला नेपाली लेखेर पछी नेपालिलाइ काटेर सार्की थर लेखिएको छ ।

राज्यबाट अत्यन्तै गैरजिम्मेवारी काम भएको कारण उनको नागरिकता बानाउन आएका टोली, त्यसका प्रमुख र गृह मन्त्रालय अन्तर्गत जिल्ला प्रशासन कार्यलयका प्रमुखले राज्यबाट पाउदै आएको सेवा सुबिधाबाट धन सिं ले अहिलेसम्म बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता राज्यलाई क्षतिपूर्ति दिनुपर्ने वडा नम्बर ५ का अध्यक्ष ठानेश्वर (शितल) पोखरेल बताउछन् ।

हालैमात्र नागरिकतामा अपमानजनक नाम राखिएका दैलेखका दुइ जनाको नाम गृह मन्त्रालयको परिपत्रसँगै सच्याइएको छ । नेपाली नागरिकतामा ‘कुकुर कामी’ लेखिएका कविराम कामी र ‘ठगे कामी’ लेखिएका कर्णबहादुर विकको नागरिकता सच्चिएको छ ।