धमलालाई जनताले गरे हमलाः एलिजाको भाइरल नाचमा सोधे–धमलाजी बताउनुहोस् यो कुन डान्स हो?

पाेखरा । चर्चित सञ्चारकर्मी ऋषि धमला श्रीमती एलिजा गौतमका कारण ट्रोल हुनु परेको छ । हालै गौतमले सामाजिक सञ्जालमा एक फरक खालको भिडियो पोस्ट गर्नुभयो । उक्त भिडियोबारे नेपाली सामाजिक सञ्जालमा सबैतिर चर्चा भइरहेको छ ।

मोहन केसीले लेख्नु भएको छ, ‘कहाँ गयौ ए रिखि (ऋषि) धौला (धमला) दाइ 😁😁😂 बियर हानी सकिछन यता भाउजुले !’ शोभा सुवेदी भन्नुहुन्छ, ‘आमा समुहबाट ऋण निकालेर मोबाइल किनेको यहि देख्न रैछ ।’ अर्को एकजनाले धमला जी बताउनु होस यो कुन डान्स हो जनता जान्न चाहान्छन भनेर प्रश्न गर्नुभएको छ ।

अभिनेत्री एवं मोडल समेत रहनु भएकी गौतमले तीज विशेष भनेर अर्कै खालको डान्स गरेको भन्दै सामाजिक सञ्जालमा पत्रकार धमलाको ब्यङ्ग्य हुँदैछ । गौतमले तीज विशेष भन्दै अलिक फरक खालको डान्स गरेपछि मान्छेहरू भड्केका हुन् ।

गौतमले चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गर्नुभएको हो । एलिजा आफैले निर्माण गरेको सो फिल्म चल्न सकेन् । फिल्ममा जम्न नसके पनि म्युजिक भिडियामा भने गौतम निकै व्यस्त रहने गर्नुभएको छ । गौतमका बेला बेलामा तस्विर पनि भाइरल हुने गरेका छन् ।