पुर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन्

Spread the love

पूर्वयुवराज्ञी हिमानी शाहलाई घाँटी दुख्ने समस्या भएपछि मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् ।गत २४ साउनमा हिमानी ट्रष्टको कार्यक्रममा लागि अस्ट्रेलिया गएकी उनलाई सञ्‍चो नभएपछि बुधबार नेपाल फर्किएकी हुन् ।स्वास्थ्यमा थप सुधार नभएपछि उनी बुधबार मेडिसिटी अस्पतालको इएनटी डिपार्टमेन्टमा भर्ना भएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले अनलाइनखबरसँग बताए ।

यो पनि पढ्नुहोश: दशरथचन्द नगरपालिका–४ बिनासौँमा पासोमा फसेको चितुवा मरेको छ । उक्त चितुवा आज बिहान बँदेलका लागि किसानले मकैबारीमा थापेको पासोमा फसेको थियो ।डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार पासोमा परेको चितुवा उद्धारका क्रममा बुधबार दिउँसो मरेको हो ।

उनले भने, ‘पासोमा परेको चितुवा सुरक्षाकर्मीले उद्धार गर्ने क्रममा मरेको छ, खोर लगेर उद्धार गर्दै थियौं, सोही क्रममा चितुवा मरेको हो, चितुवाको ढाडमा पासो परेको थियो, उद्धारकै क्रममा गम्भीर चोट पुगेको हुनसक्छ ।’

पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको भए पनि टोली नपुग्दै चितुवा मरेको हो । मरेको चितुवाको मुचुल्का उठाएर डिभिजन वन कार्यालय परिसरमै गाड्ने तयारी भएको छ ।