एडण्वरा कार्निभल फेस्टिवल २०२२ मा नेपालको सहभागिता

एडण्वरा स्कटल्याण्ड,

स्कटल्याण्डको एडण्वरा कार्निभल फेस्टिवल २०२२ मा नेपालको प्रतिनिधित्व गर्दै स्कटल्याण्ड तथा लन्डन निवासी नेपालीहरुको उत्सुकताका साथ सहभातिता। नेपाल र नेपाली चिनाउने बाजागजा तथा भेषभुषा पहिरेर स्कटल्याण्ड निवासी नेपालीहरूले गत आईतबार (१७/जुलाई २०२२) मा स्कटल्याण्डको बेश्त सहर प्रिन्स स्ट्रीटमा भव्यता का साथ झॅाकि प्रदर्शन गरेका थिए।

प्रत्येक वर्ष मनाउने कार्निवल मा यस वर्ष पचास भन्दा बढी देश हरूको सहभागिता रहेको थियो। कार्यक्रममा सबैले आ-आफ्नो देश हरूको प्रतिनिधित्व गरेर आएका स्कटल्याण्ड निवासी तथा बाहिरका सहभागि हरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। जस्मा चाईनिज, ब्रेज़िलिएन, भ्यनेज्वयला आदि को प्रदर्शनी उत्कृष्ट रहेको थियो।

नेपाल स्कटल्याण्ड एसोसीएसन/पासा पुच: गुठी स्कटल्याण्ड च्याप्टरका अध्यक्ष बिजय डंगोल को संयोजकत्वमा संगठित नेपाली समुहले, नेवारी संस्कृती झल्काउने बाजा गाजा भेषभुषा प्रदर्शन गरेका थिए भने सोही स्थान का मलिका पँचे बाजा समुहले नेपाली मौलीक पँजे बाजा बजाएर नाचगान सहित प्रदर्शन गरेका थिए। स्कटल्याण्डमा भएको संयुक्त नेपाली संस्था स्काट्ल्यान ले सहभागिता जनाको थियो। यहि कार्यक्रम को लागि पास पुचः गुठी युके लन्डन का कार्यकारी सदस्य हरू सोहन सुवाल, एनआरएनए इङगल्याण्ड राज्य समितिका सचिव अहिल्या सुवाल तथा दुई छोराहरूको सहभागिता जनाएको थियो। बिषेश कारणले आउन नपाएकोमामा पास पुचः गुठी युके का अध्यक्ष ओजेस सिंह तथा पास पुचः गुठी साउथ ईस्ट का अध्यक्ष मादब लाल क्षेष्थले दुख मान्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए।


कार्यक्रम को बारे मा बोल्दै संयोजक डंगोल ले “यो स्काट्ल्यानको मात्र कार्यक्रम निभई पुरै नेपालको प्रतिनिधित्व गर्ने भएकोले सबैलाई सहभागि भै नेपाल को परिचय बढाउन मदत गर्न आग्रह गरेका थिए।साथै यही अनुसार सबै संघ संस्था ले भाग लिई सहयोग गरिदीनु भएकोमा धन्यवाद पनि दिएका छन्। कार्यक्रम मा एनआरएनए स्कटल्यान्डका अध्यक्ष काशीराम भण्डारी तथा संरक्षक भोला खनाल को पनि उपस्थित रहेको थियो। कार्निवल मा ७ वर्षीय एलेस सुवाल ले आफ्नो नेवारी परम्परागत लुगा लगाएर बजाएको नेवारी बाज़ाले घेरै को ध्यान आकर्षित गरेको थियो भने जिउदो देबी कुमारी, पुलु किसी ले पनि नेपाल र नेपालीको पहिचान बढाउने काम गरेको थियो ।


केही बर्ष कोरोना ले रोकीएता पनि यस बर्षको कार्यक्रम भव्यताका साथ सफल रहेको आयोजक हरूको भनाई रहेको थियो ।
कार्यक्रम को अन्तिम अन्तिम मा यस कार्यक्रम को संयोजक तथा अध्यक्ष डंगोलले लन्डन बाट आउनु भएका पाहुना सहभागि हरूलाई प्रमाणपत्र, सिल तथा माया को चीनो दिएर धन्यवाद दिनका साथै सम्पूर्ण सहभागि बाल बलिकाहरूलाई उपहार दिएका थिए।

कार्यक्रम सकिए लगतै एनएसए महीला समुहका दिदीबहिनीहरू तथा सम्पुर्ण नेपाली समुदाय द्वारा बाजा बजाएर सडकैमा नाचगान गरी रमाईलो गरेका थिए।
स्कटल्याडको मुटु एडण्वरामा कार्यक्रम को अन्त्य गर्दै संयोजक तथा अध्यक्ष डंगोलले यस कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने स्वयंम सेवक साथीहरू, सहयोगी दाताहरू एनआरएनए स्कटल्याडका अध्यक्ष काशीराम भण्डारी, संरक्षक भोला खनाल, स्कट नेपाल क्लबका अध्यक्ष घन के सी, एनआरएनए स्कटलैण्डका सदस्य तथा ब्यवसायी टिका खराल लगाएत सम्पूर्ण नेपाली कम्युनिटी परिवार हरूलाई सहभागि भै सहयोग गरिदिन भएको मा हृदय देखि हार्दिक धन्यवाद व्यक्त गर्नका साथै आगामी बर्षमा अझै बृहत रूपमा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए।
धन्यवाद॥