झोक्र्याइरहन्छन् पल ?

Spread the love

काठमाडौं । चर्चित अभिनेता पल शाह नतहुँ प्रहरीको हिरासतमा छन्। नाबालिग गायिकाले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि अभिनेता पल शाह पक्राउ परेका थिए।

हिरासतमा पलसँग भेट्न चाहनेहरुको पनि लामै लर्को छ। हिरासतमा रहेका आरोपीसँग कानुनी सहयोगी बाहेक अन्यले एक्लै भेट्ने अनुमति पाउँदैनन्। कानुनी सहयोगीका हकमा पनि प्रहरीको अवलोकन हुन्छ नै। हिरासतमा रहेका व्यक्तिको सुरक्षाका लागि भेट्न जानेले प्रतिबन्धित केही बोकेको त छैन भनेर चेकजाँच हुन्छ अनि प्रहरीको रोहवरमा मात्र भेट्न पाइन्छ।

भेटमा सामान्य हालचाल सोध्ने बाहेक थप कुरा भएका छैनन्। उनका कानुनी सल्लाहकारले बेलाबेलामा भेटेर कानुनी सल्लाह दिइरहेका छन्। बयान कस्तो दिने बताइरहेका छन्। फिल्मकर्मीको त कुरै छाडौँ परिवारका सदस्यले समेत राम्रोसँग कुरा गर्न पाएका छैनन्।

बुधवार शोभित बस्नेतसहित प्रहरी हिरासतमा रहेका पललाई भेट्न गएकी अभिनेत्री पूजा शर्माले पनि सामान्य कुराकानी मात्रै गर्न पाइन् टाढैबाट। उनैले हात छुन पाएको र टाढैबाट हग गरेको खुुलाइन्। तर दर्शकलाई भने पलको सन्देस भन्दै फिल्म हेर्न आउन भने।

यसो त एक प्रहरीका अनुसार पल अहिले परिवारका सदस्यबाहेक अन्यसँग भेट्न समेत चाहँदैनन्। साथीभाइ भेट्दा सामान्य हाई हेल्लो मात्र हुने गरेको उनले बताए । प्रहरी स्रोतका अनुसार अहिले पल फिल्म कस्तो भइरहेको छ भनेर कुरा गर्ने मुडमै छैनन्। उनी अधिकांश समय झोक्राइरहन्छन्। भेट्न आउनेहरूसँग कुरा गर्न झिँजो मान्न थालेका छन्। उनले बुधवार त वकिल र बहिनीसँग मात्रै भेट्ने बताए पनि पूजा आउने भनेपछि मात्र भेट्न मानेका थिए।

‘प्रहरी हिरासतमा पाँच दिन देखी रहेको व्यक्तिले मेरो फिल्म कस्तो चलिरहेको छ, दर्शकले मलाई के भनिरहेका छन् भनेर सोध्लान् र ?’ ती प्रहरी अधिकारीले भने, ‘अभिनय गरेझैं हैन नि साच्चिकै हिरासतमा बस्नु।’ ती प्रहरी अधिकारीका अनुसार पल धेरै बोल्न चाहँदैनन्। ‘उहाँ (पल) टोलाइरहनुहुन्छ, कसैसँग बोल्न रुची राख्नुहुन्न। झोक्र्याइरहनुहुन्छ,’ प्रहरी अधिकारीले भने ।