संक्रमणका कारण झापामा वडा अध्यक्ष र नबबेहुला सहित थप ६ ले गुमाए ज्यान

युवराज रेग्मी
जेष्ठ ८, झापा /

पछिल्लो २४ घन्टामा झापा जिल्लाका ६ जनाको कोरोनाका कारण ज्यान गएको छ । ज्यान गुमाउनेमा मेची नगर नगरपालिका वडा नं ७ का वडाध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिएका छन् ।

कोरोना संक्रमण भए पस्चात विगत ११ दिनदेखि उनी अस्पतालमा उपचाररत रहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि बैशाख २८ गते गरिएको स्वाब परीक्षणमा उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक मेचे कांग्रेसको भातृ संगठन आदिबासी जनजाति संघ झापाका जिल्ला अध्यक्ष हुन ।

त्यस्तै आज बिहान हल्दिबारी १ का २९ वर्षिय ठाकुर थरका पुरुषको बिर्ता सिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिएका छ्न ।

त्यस्तै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का ६२ वर्षिय पुरुषको गएराति बिर्तासिटी अस्पतालमै मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताए । त्यस्तै गौरादह नगरपालिका वडा न ४ खाङ्टाका ३० वर्षीय सन्तोष ताजपुरीयाकाे काेशी काेभिड अस्पतालमा आज सनिबार बिहान १२.४५मा मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण आफ्नी आमा गुमाएका सन्तोष लाई पनि संक्रमण पुष्टि भएपस्चात बैशाख २४ गतेदेखि उनी उपचाररत थिए । उपचाररत अवस्थामै आज बिहान उनको कोशी कोभिड अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

ताजपुरियाको बैशाख १५ गते बिबाह सम्पन्न भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष ,उनकी नवदुलही र आमासहित परिवारका पाँचै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नब बेहुली अर्थात सन्तोषकी श्रीमतीको पनि कोशी कोभिड अस्पताल बिराटनगरमा हाल उपचार भइरहेको छ ।

त्यसैगरि झापाको दमकमा शनिबार थप २ संक्रमितको मृत्यु भएको छ । दमक नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार दमक ९ का २८ र ६३ बर्षिय महिलाको मृत्यु भएकोहो । २८ बर्षिय संक्रमितक महिलाको बिएण्डसी अस्पताल बिर्तामोडमा गए राति मृत्यु भएको हो । यस्तै अकीँ संक्रमित महिलाको दमक स्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।