गर्भवती श्रीमतीलाई कोरोना लागेपछि अलपत्र छाडेर श्रीमान फरार, घरबेटीले घरबाट निकाले, १७ बर्षकी चेलीको दुनियाँ रुवाउने कहानी,यस्तो छ अवस्था (भिडियो साहित)

भनिन्छ श्रीमान श्रीमती एक रथका दुई पांग्रा हुन् । सँगै मर्ने अनि सँगै बाँच्ने कसम खाएका हुन्छन । यस्ता उदाहरणहरु छन् श्रीमानको लागि श्रीमतीले ज्यानै दिन्छन । घरपरिवार आमाबुबा दाजुभाइ दिदिबहिनी सबै माइतीलाई छोडेर श्रीमानको घर आएकी श्रीमती श्रीमानलाई आफ्नो भगवान ठान्छिन । कतिपय श्रीमान-श्रीमती एक-अर्काका लागि जस्तोसुकै आपतमा पनि साथ नछोडी बसेका हुन्छन । झापा मेचीनगरकी 17 वर्षीय गर्भवती चेलीलाई कोरोना लागेको थाहा पाएपछि श्रीमतीलाई अलपत्र छोडेर फरार भएका छन । 17 वर्षीय चेलीलाई गर्भवती अवस्थामा एक्लै बनाएर भाग्ने श्रीमानको अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गर्भवती चेलीलाई कोरोना लागेको थाहा पाएपछि घरबेटीले समेत घरबाट निकालिदिएका छन् ।

सडकमा बेवारिसे अवस्थामा रुँदै छट्पटाइरहेकी चेलीको छेउमा कोहि जान सकेनन । मानिसहरू छेउमा आउन लाग्दा छटपटाउँदै बोल्नै नसकेकी चेलीले आफूलाई कोरोना लागेको र कसैलाई छेउमा नआउन आग्रह गरेपछि उनको झनै विजोक भयो । यसैक्रममा रोइरहेकी चेलीलाई त्यहाँका वडाअध्यक्षले आफ्नो ज्यानको प्रवाह नगरी उनलाई बोकेर एम्बुलेन्समा लगाए र अहिले उनको उपचार भइरहेको छ । भगवान बनेर आएका वडा अध्यक्ष र श्रीमानले अलपत्र छोड्दै गरेको देख्ने प्रत्यक्षदर्शी अनि १७ वर्षीय चेलीलाई मिडिया ल्याएका छौ । उनको अहिलेको अवस्था अनि सुरु देखिको दुनिया रुवाउने कहाँनी तलको भिडियोमा हेर्नुहोला । कस्को मन रुदैन होला!