मोरङमा भेटियो अचम्मको सर्प, भगवान भनेर मन्दिरमा घुईचो,हातैमा राख्दा नि केहि गरेन

बिराटनगर । मोरङको गोपेश्वर शिवालय मन्दिर परिसरमा देखापरेको एउटा सर्पको अनौठो ब्यवहार स्थानीय अचम्ममा परेका छन् ।स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेका छन् । सो नागलाई घाँʼटीमा माला लगाई घरमा लगी पुजा गर्ने, मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सʼजिलै माला लाग्ने गरेको छ ।

स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको र हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले उपस्थित स्थानीयहरु अचम्ममा हुन् ।सो मन्दिर परिसरमा बर्षमा २ तीन पटक सर्पहरु देखापर्ने गरेपनि यस पटकको सर्पको ब्यʼवहारले भने अचम्ममा पारेको र यो साधारण सर्प नभएर साक्षाʼत नाग देवताको दर्शन दिएको पुजारी भट्टराईले दावी गरेका छन् ।