झापाको अक्सिजन बैंकलाइ वीरता लेडीको सहयोग ; ६ वटा सिलिन्डर बराबर ९० हजारको चेक हस्तान्तरण

युवराज रेग्मी
जेष्ठ ५ झापा/

एकका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले ६ थान अक्सिजन सिलिन्डर खरिदका निम्ति अभियानलाई नगद रु ९० हजार उपलब्ध गराएको छ ।
थोपा थोपाले समुन्द्र बन्छ भने झै लेडी जेसीजले आफ्ना सदस्यहरुबाट सानो सानो रकम र पदाधिकारीहरु मध्येबाट अध्यक्ष स्वस्तिका आचार्य , कोषाध्यक्ष झुमा चुडाल र जनसम्पर्क अधिकारी टीका तिवारीले १/१ वटा सिलिन्डर वापतको जनही रु १५ हजार सहित हुन आउने एकमुष्ठ ९० हजारको चेक अभियानलाई प्रदान गरिएको अध्यक्ष आचार्यले जानकारी दिइन ।

सहारा नेपाल साकोसको कार्यालयमा रहेको अभियानको सचिवालयमा आज बुधबार उपस्थित भएर वीरता लेडी जेसीसकी अध्यक्ष स्वस्तिका आचार्यले उक्त रकम अभियानका संयोजक महेन्द्रकुमार गिरलाई चेक हस्तान्तरण गरेकीहुन ।

गत बर्ष एकका लागि एक अभियानले कोभिडबाट पिडित बनेका नागरिकलाई खाना खुवाउने देखि पिसिआर ल्याव स्थापना गर्दा पनि लेडि जेसीजले सहयोग गरेको थियो ।
यस बर्ष पनि अभियानको अक्सिजन बैंक स्थापनागर्ने कार्यमा वीरता लेडी जेसीज प्रत्यक्ष सहभागी रहेर मानव हितको काममा निरन्तर समर्पित हुदै आएकोले एकका लागि एक अभियानका संयोजक गिरीले वीरता लेडी जेसीज परिवारलाई धन्यवाद दिएका छन् ।
गिरीले वीरता लेडी जेसीज जस्तै आम झापा जिल्लावासी र संघ संस्थाहरुलाई अक्सिजन बैंक स्थापनार्थ एकजुट बनेर एकका लागि एक अभियानमा जोडिन अपिल गरेका छन् ।

सहयोग हस्तान्तण कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेत सहित वीरतालेडी जेसीजको तर्फबाट महासचिव हीमा पौडेल, कोषाध्यक्ष झुमा चुडाल, कार्यकारिणी उपाध्यक्ष युनिता दवाडी लगायतको उपस्थिति रहेको थियो ।