लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ को भिडियो सार्वजनिक

लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको गीत ‘आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा तारा लिम्बुको शब्द रहेको छ भने कम्पोज तथा एरेन्ज सबिन लिम्बुको रहेको छ । गीतको भिडियोमा अमित सुब्बा र क्रीन्चा राइको अभिनय देख्न सकिन्छ भने परिकल्पना स्वयम् गीतकार तारा लिम्बु र कालुसिङ थाम्सुहाङको रहेको छ । उक्त भिडियोको छायांकन बेलायतका रमणीय स्थानहरुमा गरिएको हो ।

सार्वजनिक भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको छ । आफ्नी प्रेमीकासँग विशेष समय बिताइरहेका प्रेमीले आधा लैजाऊ तिमी माया आधा लिन्छु मैले भन्दै रोमान्टिक अवतारमा अमित सुब्बा र क्रिन्चा राईको सशक्त अभिनय देख्न सकिन्छ । प्रेमीले आफ्नी मायालुसँग वैँशालु उमेरमा रमाइलो पल बिताउँदै सजाएको मन मन्दिर दिँदै दिल दिने कुरालाई करिब ३ दर्जन भिडियोको निर्देशन गरिसकेका निर्देशक श्रेष्ठले गज्जब तरिकाले भिडियोमा कैद गरेका छन् । साडे ५ मिनेटको भिडियो फिल्मी शैलीमा तयार पारिएको हुँदा दर्शकले रुचाउने निर्मात्री तथा गीतकार तारा लिम्बुले बताइन् ।

साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराले आगामी दिनमा पििन यस्तै शृजनालाई निरन्तरता दिने बताइन् । भनिन् काम गर्दै जाँदा नयाँ प्रयोग गर्न मन लाग्दो रहेछ र समयको बेगसँगै फरक शृजनाको जन्म हुँदो रहेछ । सार्वजनिक भिडियोमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ । जसमा रगं संयोजन नवीन निरौलाको रहेको छ । भिडियो सबिन लिम्बुको युट्यूव च्यानलमा हेर्न सकिन्छ । हेर्नुहोस् भिडियो