मेलबर्नमा प्रेमध्वज प्रधानको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा

नेपालीहरुका बीच चर्चित “कन्दरा ब्याण्ड” का प्रमुख हस्ती चर्चित गायक बिवेक श्रेष्ठको बिशेष पहलकदमीमा साहित्य संगीत जमघटको आयोजनामा मेलबर्नको मुटुमा रहेको The Kathmandu Banquet नर्थ मेलबर्नमा स्व. प्रेमध्वज प्रधानको १३ औं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा स्व. प्रधानका कालजयी गीतहरु एकल र समूहमा मेलबर्न निवासी गायकहरु बिवेक श्रेष्ठ, राजेश केसी, रन्जन बैद्य, दिकपाल देव पंगेनी, स्वरुपा आशाहरुले प्रस्तुत गरेका थिए ।

निरु त्रिपाठीद्धारा सन्चालित सो कार्यक्रमको शुरुमा बिवेक श्रेष्ठले प्रेमध्वज प्रधानको बिषयमा अत्यन्तै खोजपूर्ण जानकारीमूलक लामो प्रस्तुति दिए भने बासुदेब मरहट्टाले पनि स्व. प्रधानको बिषयमा जानकारीमूलक प्रस्तुति दिए ।

केही बर्ष नियमित रुपमा सकृय रहेको साहित्य संगीत जमघट छ भन्ने कुरा नै बिर्सिराखेको बेलामा यही कार्यक्रम आयोजनाको लागि आयोजक खोज्ने क्रममा बिवेक श्रेष्ठको घच्घच्याइका कारण पुन: यस्ले आफ्नो निरन्तरता दिन सक्ने संभावनाप्रति यस्का एक हस्ती अनुपम पाठकले संकेत गरे अब छिट्टै हुने अर्को कार्यक्रमको आयोजनाको संभावनातर्फ इंगित गर्दै ।

नेपाल सरकारले सम्मान गर्नै पर्ने राष्ट्रिय महत्वका ब्यक्तिहरुलाई स्वत: स्फूर्त रुपमा सम्मान गर्ने परिपाटी नरहेको, तर त्यस्का लागि नेपाल सरकारलाई नियमित रुपमा घच्घच्याइराख्नु पर्ने आबस्यकतामा जोड दिंदै जीवित अवस्थामा नै वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी जस्ता ब्यक्तिको नाममा नै मुद्रा प्रचलनमा ल्याउन र पहिला पहिला राजा महाराजाको नाममा मात्रै हुलाक टिकट प्रकाशनमा ल्याउने प्रचलन भएकोमा हाल सत्य मोहन जोशी जस्तो महान ब्यक्तिको नाममा समेत हुलाक टिकट प्रकाशनमा ल्याउनुका पछाडि ललितपुर महानगरपालिका र यस्का मेयर चिरी बाबु महर्जनको निरन्तर अथक प्रयास रहेको जानकारी दिएका थिए लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठले प्रेमध्वज प्रधान जस्ता ब्यक्तिलाई सरकारले सम्मान नगरेको भन्ने बिषयमा उठेका असन्तुस्टीका सन्दर्भमा ।