ध्रुब पौडेलको आल्बम “प्रियसी” सार्वजनिक

ध्रुब पौडेल आँफैद्धारा रचित, आफ्नै संगित र आँफैद्धारा गाइएका छ: गीतको संगालो रहेको आल्बम “प्रियसी” २० अप्रिल, २०२१ का दिन युट्युबमा सार्वजनिक भएको छ । यस्मा संगित ब्यबस्थापन राजु शाहको छ ।

आल्बममा भएका सबै गीतहरु आधुनिक गीतहरु हुन । गीतहरुमा संगीतमा नेपालीपना छ ।

ध्रुब पौडेलको यो पहिलो आल्बम हो ।

संपूर्ण गीतहरु म्याग्नेटिक इण्टरटेनमेण्ट स्टुडियोमा रेकर्ड गरिएका हुन र यी गीतहरुलाई रेकर्ड संपूर्ण ताम्राकारले गरेका हुन ।

आफ्नो यो आल्बमका कारण नेपाली गीत संगितप्रेमीहरुको माया पाउने कुरामा आशाबादी छन ध्रुब पौडेल ।