अक्सिजन सिलिण्डरमा गरे नयाँ आबिस्कार महाबिर पुनको चमत्कार (भिडियो हेर्नुहोस् )

महाममारीमा अहिले सबै अस्पतालहरुमा अक्सिजन सिलिण्डरको कमीले विरामीहरु समस्यामा छन् । विदेशवाट सिलिण्डर ल्याउने, ब्यक्तिगत घरहरुमा जम्मा भएका सिलिण्डर संकलन गर्ने लगायतका कामहरु भइरहेका छन् ।

यस्तो अवस्थामा आविष्कार केन्द्रमा विभिन्न प्राविधिक विषयमा आविष्कार गरीरहेका महाविर पुन अक्सिजन कसरी ब्यवस्थापन गर्न सकिन्छ भनेर लागेका छन् । उनी आफु सम्भावना नजिक पुगेको पनि बताएका छन् । केहीले घरमा खाना पकाउन राखेको एलपी ग्यासलाई पनि प्रयोग गर्न सकिन्छ की भनेर सुझाव दिएको कुरामा उनले त्ये सम्भव नभएको बताए ।

तर अहिले आफु फ्याक्ट्रीहरुमा प्रयोग गरिने सिलिण्डरहरुलाई अक्सिजन सिलिण्डरको रुपमा परिवर्तन गर्न सकिन्छ की भनेर लागेको जानकारी दिए । त्यो सम्भव देखिएको उनको भनाई छ । यो प्रयास सम्भव भएपछि विदेशवाट थप जनशक्ति ल्याएर अक्सिजन आफै उत्पादन गर्ने काममा लाग्न सकिने र त्यसवारे सरकारसंग समन्वय भएको उनले बताएका छन् ।

महाविर पुनको आविष्कार केन्द्रमा धेरै कुराहरुको आविष्कार भएका छन् । दुर्गम जिल्लामा औषधी लैजाने ड्रोन देखि महामारीमा संक्रमितलाई अस्पताल सम्म लैजाने वाकस सम्मका आविष्कार पछिल्लो समय भएका छन् । त्यसवाहेक उनले प्रविधिको क्षेत्रमा देशलाई ठूलो योगदान दिएका छन् ।

तर सरकारले उनलाई उचित सम्मान नदिएको गुनासो सर्वसाधारणवाट आइरहेका छन् ।

भिडियो हेर्नुहोस् :