सृजना–नारायणबाट पीडित प्रमाण सहित मिडियामा, नारायणले यति सम्म झुट बोलेका रहेछन् (भिडियो)

महिला अधिकार कर्मी भनिएकी सृजना वाग्ले र उनका सहयोगीको पर्दाफास हुने क्रम जारी छ । पोखराका नारायण पौडेल जस्ले आफ्नै श्रीमतिलाई प्रयोग गरेर अरुलाई ठगेको आरोप लागेको छ भने नारायणले पनि अरुले आफूलाई कारोबार अनुसारको पैसा नदिएको आफ्नो श्रीमतिलाई अश्लिल म्यासेज गरेको जस्ता कुराहरु बताउँदै आएका छन् । उनले आफूले पाउनुपर्ने रकम मात्र दाबी गरेको बताएका छन् । उनीबाट पीडित भनिएकाहरुले नारयणले सबै झुट बताउँदै आएको दाबी गर्छन् ।

पोखराका केशब खतिवडाले आफूले बिगत तीन बर्ष देखीको चेक बोकेर हिडेको र अझै पनि चार लाख ५० हजार लिन बाँकी रहको प्रमाण सहित मिडियामा आएका छन् । उनले नारायणप्रसादबाट पीडितहरु धेरै रहेको खुलासा समेत गरेका छन् ।