लकडाउन जीवन रक्षाकै लागि एक कवच हो : जानकी पन्त

समाज सेवी जानकी पन्त लेख्नु हुन्छ :
#लकडाउन #lockdown
लकडाउन जीवन रक्षाकै लागि एक कवच हो। लकडाउनको शाब्दिक अर्थ सहजता पनि हो। सृष्टिको नियम तलमाथि हुन नदिन लकडाउन गर्ने गरिन्छ। लकडाउन को अर्थ शब्दैमा स्पष्ट छ। सबै ठप्प। आफुलाई सुरक्षित व्यवस्थित पार्नु नै लकडाउन हो। उकुसमुकुस भई बाँची रहेकाहरू व्यस्त जीवनहरु लाइ क्षणिक विश्राम दिलाउन गरिने कार्यलाई लकडाउन भन्न या मान्न सकिन्छ। तैपनि यसलाई अनैतिक तरिकाले तोड्न मान्छे पछि पर्दैनन्।

नेपालको सन्दर्भमा यो पनि एक नाटक नै बनेको छ। स्वास्थ्य भन्दा मीठो नेपालीलाई स्वादिस्ट भोजन लाग्छ, जीबन भन्दा ठुलो पैसा, पद, पावर , मान, सम्मान लाग्छ। त्यसैले ऊ लकडाउनमा पनि कामलाई अनि अरु अनाबस्यक कुरालाई बढी महत्व दिन्छ। जबकि कामको मुख्य शाब्दिक अर्थ भनेकै मृत्युको लागि आत्माहत्या गर्न नपरोस् भन्ने हो। तर चलाख मान्छेले कामलाई नै रोजिरोटी माने अनि पैसालाई नै सर्वस्व ठाने। धर्तीमा यसरी वर्ग हरु बने। वर्गले कामको व्याख्या गरे । काम बिभाजन गरेर यसलाई जातसम्म लगेर टुङ्गगाए। जसको आगो अहिले सम्म दन्कि रहेको छ।

अत: जीबनमा काम अनि संघर्ष नै सर्वोपरि बन्यो। शान्ति, प्रेम र दया एक साधक मात्र हुन पुगे भने साध्य साधन या प्राथमिकता कहिल्यै बन्न सकेनन। जीवनमा एकले अर्कोलाई होच्याउने, खसाउने अनि पुर्ने खाडलहरु अनेक बने जुन खाडलहरु अब कोरोना समाप्त पछिका दिनहरुमा पुरिनुपर्छ भन्ने कोरोनाले दिन खोजेको संदेश यही छ र यो हामीले बुझ्न जरुरि छ।

अझै गहिरेर सोच्दा मानवभित्रको वितृष्णाको अन्त्य अब हुनैपर्छ कोरोनाको माग यही छ जस्तो लाग्छ। मातृत्व, भाइचारा, मित्रता, रास्ट्रियता प्रगाढ रुपको हुनुपर्छ अनि हरेकको जीबनमा मानबता पहिलो प्राथमिकता हुनुपर्छ आदि ईत्यादी यस्तै कुराको माग कोरोनाको भएको हुनुपर्छ। हुन त कोरोना खराबको लागि आतंक नै हो। अहम् र क्रोधको लागि सराप नै हो। र अन्तमा व्यवस्थित हुनु, प्राकृतिक हुनु, सयम, सजक र सरल हुनु नै यसको निवारण हो जस्तो लाग्छ मलाई।
सरकारले गरेको लकडाउन को बारेमा भन्नु पर्दा यो पूर्ण सफल बनाउन वा रोग फैलिन नदिन सर्वप्रथम त सरकारले जनताको समस्या पहिचान गर्नु आवश्यक छ। कामको आधार वर्गीकरण गरिने भनौं या धर्म, जात, धन, मान, पद, पावर ले भेदभाव गरिने त्यो विभेदको अन्त्य हुनुपर्छ। सबै मेरा आफ्ना हुन्, सबैले खुशी साथ् हास्न र बाच्न पाउनुपर्छ त्यो नीति सबैले अपनाउनुपर्छ।

अन्तमा, कोरोना बाट बच्नलाई स्थिति सामान्य नभए सम्म लकडाउन गर्नु र हामी सबैले यसलाई पूर्ण रूपले अनुशासित भै पालना गर्नुपर्छ। अहिलेको स्थितिमा यो भन्दा अर्को बिकल्प छैन यो सबैले बुझ्न जरुरि छ। यसबाट जनताको जनजीबनमा उत्पन्न हुने या हुनसक्ने सम्भावित कठिनाई हरुको गहन अध्ययन हुनुपर्छ अनि यसको निवारण को लागि उचित ब्यबस्था पनि हुनुपर्छ। सरकारी कर्मचारीहरु लाई तलब र भत्ता दिएर पाल्न सक्ने सरकारले मजदुरहरुको पनि जिम्मा लिन सक्नुपर्छ। लकडाउन अवधिभर जनताको जिम्मा सरकारकै हुनुपर्छ । शुल्क वा व्याज मिनाहको कार्यक्रम ल्याउनुपर्छ। स्वास्थ्य नि:शुल्क लगायत जो जस्ले कोरोना विरुद्ध अहोरात्री खटिरहेका छन् तिनीहरुको सम्पुर्ण जिम्मा सरकारले लिनुपर्छ। राम्रो काम गर्ने लाइ उपहार व्यवस्था भएझै नियम तोड्ने लाइ दण्डको पनि कडा व्यवस्था हुनुपर्छ। बल्ल अनुशासित भै सृष्टि नियम संगत जीवन जिउने तरिका यहाँ यसरी नै आउँछ सबैले अनुशासन यसैगरी सिक्छन। कोरोना मनुष्यसँग यसरी नै सतर्क हुन्छ अनि एकदिन यसले आफ्नो हार स्वीकार्नै पर्छ।

त्यसैले, व्यवहार परिवर्तनको लागि अनि सोच परिबर्तनको लागि सबैमा म हार्दिक अपिल गर्न चाहन्छु। जबसम्म हामीले हाम्रो सोच बदल्न सक्दैनौ अनि यस सोचबाट व्यवहारमा रुपान्तरित हुन सक्दैनौ तबसम्म हाम्रो सामु कोरोना को आतंक अनि मृत्यु को भय हाम्रो मन मष्तिस्कमा बाचिरहनेछ। अनि हामी बचे पनि सधै यसको बन्दी बन्नु पर्नेछ। अनि यसरि बाच्नु भनेको घाँटिमा डोरि बाँधेर पिङ्गको मजा लिनु जस्तै हो। र यो नबिर्सौं कि हामी मानव हौं। मानव सधै स्वतन्त्र रहन चाहन्छ । स्वतन्त्रता हाम्रो जन्म सिद्द अधिकार हो। स्वतन्त्रता बिनाको जीबन आत्मा बिनाको शरीर जस्तै हो। त्यसैले लामो समय लकडाउन हाम्रो विकल्प अबश्य होईन्।

सबै नेपालीमा समर्पित लेख By #janakipantjoon