तुरुन्तै पढ्नुहोस् ! रवि लामिछाने र निकिता पौडेल एक भएको दिन आज, लेखे यस्तो भावुक स्टाटस !

कुनै बेला रेडियोमा एउटा गित असाध्यै धेरै बज्थ्यो। बिहानै, दिउसो, साझ, राति ..जति बेलापनि त्यही गित बज्थ्यो। धेरै बजेर होला, गितको शब्द शब्द मात्र होइन इन्स्ट्रुमेन्ट्को पिस पिस कण्ठ थियो,वाक्क लाग्थ्यो। पछि आफै रेडियोमा काम गर्दा अरुको पनि फर्माइस आउथ्यो तर त्यो गित बजाउनै मन लाग्दैनथ्यो।

आज आएर सोच्छु, मैले त्यतिबेला त्यो गित सुनेको मात्रै रहेछु, बुझेको रहेनछु। प्रिय निकिता, Nekita Poudel Lamichhane तिमिले दिएको माया र हौसलाका कारण आज म जीवनको एउटा यस्तो मोडमा आइपुगेको छु कि म त्यो गित बुझ्न मात्रै होइन महशुस गर्न समेत सक्दछु र यस्तो लाग्छ लेख्नेले तिमीलाई र मलाइ नै भनेर लेखे जस्तो..

“एउटा मान्छेको मायाले कति फरक पर्दछ, जिन्दगीमा….”

भुमरीमा परेको जिन्दगीलाई सम्हालेर संसार भरिकै खुशी दिने मेरी जीवनसाथीलाई Happy Marriage Anniversary .. हाम्रो सुखद दाम्पत्य जीवनका लागि आशीर्वाद प्रदान गरिदिनु होला।