कोरोना भाइरसले गर्दा पोखराको लेकसाइडमा होलीको रौनक घट्यो । नेपालीहरु माक्स लगाएर होलि खेले

अघिल्ला वर्षमा रंगहरुको पर्व फागु पूर्णिमा (होली) को दिन पोखराको लेकसाइड पूरै भरिभराउ हुन्थ्यो । तर यसपाली भने, बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यसवर्षको होली पर्व पनि प्रभावित भएको हो । कोरोनाको त्रासका कारण विगतमा जत्ति होलीको उल्लास देखिएको भने थिएन ।

यस पटकको फागु पूर्णिमामा लेकसाइडमा स्वदेशीभन्दा विदेशी नै होलीमा रमाइरहेको दृश्य देखियो । सरकारले नै समूहमा होली नखेल्न सचेत गराएपछि यस पटकको लेकसाइडमा स्वदेशीले होलीको मज्जा लिएको कम देखियो । कोरोनाको भयले केही नेपाली पनि मास्क लगाएर होलि खेलिरहेका देखिन्थे । हेर्नुहोस पुरा भिडियो