किन हुन्छ दाँत सिरिङ सिरिङ ? यस्तो छ कारण र उपचार विधि !

डा. निरञ्जन आचार्य, दन्त चिकित्सक, एमडी
दाँतको समस्या निकै पिडादायी हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । त्यसो त चिसो पानी, गुलियो खाने कुरा खाँदा वा दाँतमा विभिन्न प्रकारको संक्रमण हुँदा दाँत सिरिङ सिरिङ हुने समस्या देखिन्छ । यस्ता समस्यालाई डाक्टरी भाषामा सेन्सिटिभिटी भनिन्छ । यस्तो पिडा बढि भएमामा त्यस्तो समस्यालाई हाइपर सेन्सिटिभिटी भनिन्छ । यस्तो समस्या हुनुको पछाडी, तातो, चिसो, ब्रस गर्दा अथवा छुँदा, औषधि, रसायन, गुलियो पदार्थको अत्यधिक सेवनले हुनेगर्छ ।

यस्तो हुनुका पछाडी धेरै कारण हुने गर्छन्, त्यसमध्ये उमेर बढ्दै जाँदा यस्तो समस्या आम मानिसमा देखिन्छ । कतिपय व्यक्तिमा यस्तो समस्या, धेरै कडा ब्रस, बलपूर्वक दाँत सफा गर्ने तथा गलत तरिकाले ब्रस गर्ने, अमिलो पानी आउने व्यक्ति, थुक–याल कम आउने, कोल्ड ड्रिंक्स खाने, धूम्रपान गर्ने लगायतका व्यक्तिमा यस्तो समस्या देखिन्छ ।

पुरा जानकारीका लागि यो भिडियो अन्त्यसम्म हेर्नुहोस्