चर्चित गायक सुगम पोखरेल र बोबी लिम्बुले स्वरमा रहेको म्युजिक भिडियो ‘भन कुन चाहि खुशी दिउ’ सार्वजनिक

चर्चित गायक सुगम पोखरेल र बोबी लिम्बुले स्वरमा रहेको म्युजिक भिडियो ‘भन कुन चाहि खुशी दिउ’ सार्वजनिक भएको छ । जहाँ मोडल निराजन प्रधान र सृष्टि खड्का फिचर्ड रहेका छन् ।

सार्वजनिक गीतमा राम कुमार शिवाकोटीको शब्द ,महाराज थापाको एरेजं र चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । मुस्तांगमा खिचिएको गीतलाई निसान घिमिरेले निर्देशन ,सम्पादन र कलर गरेका छन् ।

मुस्तांगको रमणीय स्थानहरुलाई देखाइएको म्युजिक भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी ,महि सिंहको मेकअप र बुद्द थापाको छायाँकन समाबेस रहेको छ ।