गोरखामा के भयो यस्तो ? १३ बाँदर पोखरीमा कसरी डुबे ! देख्नेले यस्तो भने

गोरखाको गोरखा नगरपालिका वडा नं. ९ मा पोखरीमा डुबेर एक दर्जन भन्दा धेरै पोथि बाँदरहरुले ज्यान गुमाएका छन् । गोरखा नगरपालिकाका प्रत्येक वडाहरुमा एक—एक पानी पोखरी निर्माण गर्ने योजना अनुरुप निर्माण गरिएको पोखरीमा डुबेर १३ वटा वयस्क पोथि बाँदरहरुले ज्यान गुमाएका प्रत्यक्षदर्शीहरुले बताएका छन् । कम्तिमा पनि आधा मिटर माथी रहेको उक्त पोखरीमा १३ वटा बाँदरहरु एकैसाथ कसरी डुब्न पुगे, यसमा आफुहरु पनि अचम्मित परेको स्थानियहरुले बताएका छन् ।