कोरोना भाइरस के हो र यसबाट बच्ने उपाए

कोमल पौडेल
कोरोना भाइरस हावाबाट वा शरीरबाट निस्कने पदार्थबाट सर्ने कडा खालको रुघा खोकी जस्तै रोग हो । यसले घाटीमा, स्वासप्रस्वास प्रणालीमा आकर्मण गर्ने भएकोले निकै गम्भीर हुन्छ र मानिशको मृत्यु समेत हुनसक्छ । यो रोग लागेको मानिशले आक्ष्यु गर्दा, खोक्दा, साश फेर्दा निस्केका आखाले देख्न नसकिने कणहरु अर्को ब्यक्तिले स्वासद्वारा भित्र लिदा सर्छ । ६ फिट समम टाढाबाट सर्ने भएकोले यो रोग फैलने सम्भावना न्निकै बढी हुन्छ ।

कोरोना भाइरसबाट बच्ने उपाए: यो हावा वा स्वासप्रस्वासबाट सर्ने भएकोले यसले भयावह रुप लिन सक्छ। आफु स्वस्थ्य रहने भिटामीन ए र सी प्रसस्त खाने यसका लागि फलफुल्, हरियो तरकारी प्रयाप्त मात्रमा खाने, भीड भाडमा नजाने, बजार धेरै नघुम्ने, धेरै मानिश जम्मा हुने भीडहरुमा नजाने, बाहिर निस्कनै परेमा माक्स लगाएर निस्कने र घरमा पुगेपछी साबुन पानीले राम्रो गरी हात धुने किनकी यो रोग लागेको ब्यक्तीले नाक छुदा वा आक्ष्यु गरेको हातले बसमा वा पसलको समान छोएको भएमा हाम्रो हातबाट मुखमा जान सक्छ। तरकारी राम्रोसॅग पकाएर खाने, स्वस्थ्य बनाउने खानेकुरा र झोलीलो पदार्थ प्रसस्त पिउने, रुघाखोकी लागेमा ८ वटा लसूनका केसरा पकाएर पानी सहित पिउने आराम लिने र ८ घण्टा निदाउने स्वस्थ्य रहने उपाए अपनाउने।

कोरोना भाइरस रोगको लक्ष्यणहरु : ज्वरो आउने, खोकी लाग्ने, घाटीमा घाउ आउने, टाउको दुख्ने, नाकबाट पानी बग्ने, मांसपेशी दुख्ने कमजोर अनुभव हुने र बाहिर यात्रा गरेको भएमा कोरोना भाईरस हुन सक्छ। यस्तो भएमा समयमा अस्पतालहरुमा जानुपर्दछ। पछि शास फेर्न गाह्रो हुने, खकारमा रगत आउने, धेरै खकार आउने र निमोनीयाका लक्षण देखिनुको साथै पखला लाग्ने हुन सक्छ।

यो रोग फैलन नदिने उपाए: यो रोग फैलन नदिन रोग लागेको मानिशले अाफूले पनि सावधानि अपनाउनु पर्दछ। अरुलाई सर्नबाट बचाउनु एउटा कर्तब्य र ठुलो धर्म हो । मुख छोपेर खोक्ने र आछ्यु गर्ने, माक्स लगाउने, थुक्ने र सिगान फाल्ने निशचित ठाउ बनाई जलाउने, शन्का लागेमा घर बाहिर भीडहरुमा नजाने,हात राम्रोसँग धुने, प्रशस्त झोल पदार्थ पिउने, ८ वोटा लसुनको केसरा पानीमा पकाएर पानी र लसुन खाने, दालको रस्, तातो पानी, साग्, गाजरको लेदो बनाएर पिउने, भिटामीन सी र ए हुने खानेकुरा खाने । आफ्नो बेड बाथ्रुम र कपडा अनि कोठा सेयर नगर्ने । अस्पताल जादा सम्म पनि माक्स लगाएर सत्रकता पुर्वक जाने । ध्यैर्य हुने नआत्तीने, शान्त रहन कोशीश गर्ने । प्रयोग गरेका बेड्, रुमाल्, सामानहरु राम्रोसँग धोएर डिसिन्फेक्टेण्ट वा डिस्पोज गर्ने । सफा गर्दा र डिस्पोज गर्दा माक्स पन्जा र एप्रोन लगाएर मात्र गर्ने ।