आफ्नो साइजलाई भुल्न हुँदैन । परपीडकको मृत्‍यु पीडादायक हुन्छ – कर्ण शाक्य

रामकुमार श्रेष्ठ***

‘सोच’, ‘खोज’, ‘मोज’ र ‘म सक्छु’ जस्ता सकारात्मक सोचलाई अभिप्रेरित र उत्प्रेरित गर्ने खालका पुस्तकका लेखक एवं नेपालका एक सफल होटल व्यवसायी कर्ण शाक्यका साथमा भक्तपुर साँगीतिक समाजको आयोजनामा आइतबार भक्तपुरमा सकारात्मक सोचका लागि साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ ।

औपचारिकता दिने नाममा आसन ग्रहण र खादाको लागि समय खर्चनमा अभ्यस्त परंपरालाई तोडेर समय नखर्चिकन गरिएको यो कार्यक्रमका कारण बिदेशमा समेत त्यस्तै किसिमले कार्यक्रम सन्चालन गरिंदा देखा परेका र ड्यासमा बस्न र खादा लगाउनका लागि नामको अगाडि डा लेख्नेहरुले समेत गरेका अनेकन घटनाहरुको दृस्यहरु मानसपटलमा आए । खादा, ड्यासमा बस्ने र बसालिने र मर्यादाक्रमको नाममा बिदेशमा बस्ने नेपालीहरुका बीच पनि नेपालमा नै जस्तै देखिने अनेकन निकृस्ट राजनीतिका बारेमा टीका टिप्पणी सहितको ब्यङ्य सुनिन्छ, “जहाँ जाऊ, जसो गर, जे भन – यो मन त नेपाली हो” ।

कर्ण शाक्यको लागि राखिएको सिंहासन जस्तो कुर्सीलाई उहाँले पछाडि सार्दै सामान्य कुर्सी तानेर त्यस्मा बस्दै “मान्छेले आफ्नो साइजलाई भुल्न हुँदैन” भन्दै फुलेको बेलुन कुनै पनि बेला फुट्न सक्ने बताउनु भयो । काठमाण्डौं गेस्ट हाउसको १३-१४ कोठाबाट अहिले ७००-८०० कोठा सहितको होटेल बिजिनेस हुँदासम्ममा आइपुग्दा, क्यान्सर अस्पताल र चितवन राष्ट्रिय निकुन्ज खोल्ने क्रममा सामना गर्न परेका समस्या, ब्यबधानका बाबजूद सकारात्मक सोंचले कसरी काम गर्‍यो भन्ने कुराको फेयरिस्त पेश गर्दै अरुलाई पीडा दिएर खुशी हुने परपीडक भित्रभित्रै पीडामा बांच्ने र उनीहरुको मृत्‍यु असहज र पीडादायक हुने बताउनु भयो ।

कार्यक्रममा शाक्यले बताउनु भएका कतिपय मार्मिक र प्रेरणादायी प्रसंगहरुलाई आगामी दिनमा पनि उल्लेख गर्दै जानेछु ।

***श्रेष्ठ लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार हुनुहुन्छ । र, यो सामग्री हामीले उहाँको फेसबुकबाट लिएका हौं ।