सागर लम्साल ‘बले’ र ट्विनीगल्र्स प्रिन्सि प्रिज्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक

प्रेमसम्बन्धको चर्चा चलिरहेको बेला सागर लम्साल ‘बले’ र ट्विनीगल्र्स प्रिन्सि प्रिज्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सूर्य खड्काको संगीत तथा स्वरमा रहेको गीतमा बले र ट्विनीगल्र्स प्रिन्सि प्रिज्माको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ।

शिव अखेलीको शब्द रहेको ‘नैना रेशम’ बोलको गीतमा सूर्य खड्का र दूर्गा सापकोटाको स्वर रहेको छ। कजिश श्रेष्ठको कोरियोग्राफी एवम् निर्देशनमा बनेको गीतको भिडियोमा बलेलाई रोमान्टिक र विन्दास पारामा प्रस्तुत गरिएको छ।

अजय रेग्मीले खिचेको गीतको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन्। गीत सार्वजनिक भएको छोटो अवधीमै युट्युवको ट्रेण्डिङमा समेत प्रवेश गरेकोछ।