मनकारी श्री बद्री पहाडीद्वारा रु. १ करोड सहयोग

प्रेस विज्ञप्ति

विराटनगर निवासी प्रसिद्ध समाजसेवी एवं मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका पिता श्री बद्रीप्रसाद पहाडीले मानव अधिकार तथा शान्ति समाज केन्द्रिय कार्यालय भवन निमार्णका लागि रु. एक करोड सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

यसका लागि केही जग्गा छुट्टाइएको हुँदा सहयोग रकम क्रमश जम्मा गर्दै जाने र भवन निर्माण कार्य प्रारम्भ हुनासाथ सम्पूर्ण रकम शान्ति समाजको खातामा जम्मा भइसक्ने जानकारी पहाडी परिवारबाट प्राप्त भएको छ । यो विशाल राशी सहयोगका लागि मनकारी श्री बद्रीप्रसाद पहाडीप्रति मानव अधिकार तथा शान्ति समाज हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछ । स्मरणीय छ पहाडी परिवारद्वारा सेवामुखी विभिन्न संघ संस्था तथा निकायलाई यस वर्ष १ करोड ३२ लाख नगद र जग्गा गरी पौने दुई करोड सहयोग प्रदान गरिएको छ ।

समाजका तर्फबाट, उत्तम पुडासैनी, सभापति, मानव अधिकार तथा शान्ति समाज, केन्द्रिय कार्यसमिति, फोन ९८५११७५७७७। मिति २०७६ फागुन ७

मानव अधिकार तथा शान्ति समाजबारेः
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज[ Human Rights and Peace Society Nepal] एक स्वयंसेवी संस्था हो र यसको संस्थापक सभापति कृष्ण पहाडी [Founder Chair Krishna Pahadi] हुनुहुन्छ । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैर सरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन । निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको (समय आन्दोलन) मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ भने २०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको छ ।