प्रेम गीत ३को गीत “हात्ती ढुंगामा” टिकटक देखी युटुवमा हिट भएसंगै धमाधम् बिदेश राईट् महंगो मुल्यमा बिक्री..

काठमाडौं, ७ फागुन , चलचित्र ‘प्रेमगीत ३’को अब्रोट राईट्स अमेरिका क्यानडाको बिक्रीपछि युरोपमा पनि बिक्री भएको छ । युवा स्टार अभिनेता प्रदीप खड्का र नवोदित अभिनेत्री क्रिस्टिना गुरुङको महत्वकाँक्षी यो प्रतिक्षारत चलचित्र युके र यूरोपका ८ देशका लागि बिदेश राईटस् २३ हजार ५ सय युरो (करिब ३० लाख रुपैयाँ) मा बिक्री भएको हो ।

यो चलचित्रका निर्माता निर्देशक सन्तोष सेनका अनुसार इनास चलचित्र प्रबर्धन समितिको ग्लोबल संयोजक मनिष श्रेष्ठ, इनास युरोप कोअर्डिनेटर सन्त कुमार थापा मगरले युके सहित युरोपका आठ देशका लागि यो चलचित्रको राईट्स किनेका हुन् ।

यस अघि प्रेमगीत ३ को बिदेश राईटस् अन्तर्गत अमेरिका, क्यानडा, मेक्सीको (नर्थ अमेरिका) को लागि ४५ हजार डलरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले किनिसकेका छन् ।
प्रेमगीत र प्रेमगीत २ को सफलता पछि प्रेमगीत ३ निर्माण गरिएको हो । आगामी २८ चैतबाट देशव्यापी सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रको नेपालमा प्रचार प्रसारको थालनीसंगै सम्पूर्ण देशमा एकसाथ प्रचार प्रसारको गरिने छ । यस्तै नेपालसँगै बिदेशमा पनि प्रदर्शन गर्ने निर्माता सेनले जानकारी गराएका छन् ।

चलचित्र प्रेमगीत ३ लाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सन्तोष सेन हुन् । फिल्मका सह निर्माता कुमार सान शाह छन् । यसका कार्यकारी निर्माता डम्बर बिक्रम सेन (मिलन) र चक्रबहादुर चन्द हुन् ।

यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङसँगै शिब श्रेष्ठ, सुनिल थापा, मनिष राउत, सन्तोष सेन, माओत्स गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिसा खत्री, लक्ष्मी बर्देवा, समृद्धी शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, राज थापा, सुजल बस्नेतसहितको मुख्य भूमिका छ ।

यो चलचित्र को गीत हात्ती ढुँगामा…’ भिडियो अघिल्लो साता रिलिज गरिएको थियो । गीतको भिडियो युट्युब नेपाल ट्रेन्डिङमा एकमा पर्न सफल भयो । यो चलचित्रको चाँडै ट्रेलर रिलिज गर्ने निर्माता एवम् निर्देशक सेनले जानकारी गराएका छन् ।

प्रेमगीत ३ लाई काठमाडौमा सेट लगाएर ४० प्रतिसत र मनाङमा ६० प्रतिसत छायाँकन गरिएको छ । यो चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, कल्याण सिंह र एलिश कार्कीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।