अनुपा कुमार पक्राउ पछि नकुलकी आमा मिडियामा, कुमार अनुपालाई जुत्ताको माला लगाउने मन (भिडियो)

कुमार कार्की र अनुपा अधिकारी भारतको केरलामा फेला परेका छन् । केही महिना अगाडी तनहुँ भानुका नकुल अधिकारीकी श्रीमती अनुपा अधिकारी र स्याङ्जा टक्सारका कुमार कार्की भागेर भारतको केरला पुगेका थिए । अनुपाले नकुलले कमाएको सबै सम्पती र दुई छोरीहरु लिएर कुमार कार्कीसंग गएपछि नकुल र कुमारकी श्रीमती चुनीमाया कार्कीले प्रहरी समक्ष मुद्धा समेत दायर गरेका थिए । भारतको केरलामा लुकेर बसेको अवस्थामा समातेर उनीहरुलाई नेपाल ल्याईदै छ ।

यता तनहुँको भानु ९ बाईसजागर बस्दै आएकी नकुलकी आमा भने अनुपालाई समातेकोमा खुसी व्यक्त गर्छिन् । अनुपाले आफूहरुलाई धोका दिएकाले नेपाल आएपछि जुत्ताको माला लगाएर स्वागत गर्ने उनले बताईन् । ढिलै भएपनि बिभन्न संचार माध्यमको पहलमा कुमार र अनुपालाई फेला पारिएको बताउँदै उनले सबैलाई धन्यबाद समेत दिएकी छन् । हेर्नुहोस् नकुलकी आमाको अनुपालाई स्वागत गर्ने प्लान यस्तो छ ।