बिष्णु भट्टराईको निर्देशनमा आगोको स्टन्ट सहितको लोक दोहोरी भिडियो सार्बजनिक

पछिल्लो समयमा नेपाली लोक दोहोरी गीतले पनि फड्को मारिसकेको छ , महंगा महंगा भिडियो निर्माण गर्नु सामान्य जस्तै भैसकेको छ लोक दोहोरि छेत्रमा पनि , दर्शकलाई केहि नया स्वाद दिउ भन्ने उद्धेस्यका साथ् बुटवलबाट निर्माण गरिएको एउटा फरक सैलिको गीत “वीरगति” हो जुन गीतमा सम्भवत लोक दोहोरि गीत मै यसरि आगोको स्टन्ट राखिएको छ जसलाई निर्देशन सम्पादन र छायांकन बिष्णु भट्टराईले गरेका छन् भने आगोको स्टन्ट मोडल सन्तोष शर्माले गरेका छन् l

सुभतारा म्युजिकको बजार ब्यबस्थापनमा रहेको यो गीतमा पुरुसोत्तम गैरे र धनमाया दिशावा मगरको स्वर रहेको छ भने बिमल पौडेलको सब्द साथै पुरुसोत्तम गैरेकै लय रहेको छ l पाल्पा , कपिलवस्तु र बुटवलको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोलाई अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ l सन्तोष शर्मा , सोफिया बोहरा, शिव खनाल, र सगुन शर्माको अभिनय रहेको छ गीतमा अत्यन्तै मार्मिक र दर्दनाक दृश्यले भरिएको पुरा भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस