गायक उज्ज्वल गिरीको ‘तिमी मेरो’ सार्वजनिक (भिडियो )

आफ्नो पहिलो म्युजिक भिडियो ‘तिमी र म’को सफलता पश्चात गायक डा. उज्ज्वल गिरीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमी मेरो’ सार्वजनिक गरेका छन।

सफ्ट मेलोडियस भर्सनको ‘तिमी मेरो’ गीत प्रणय दिवसलाई लक्षित गरेर निकालिएको गायक गिरीले बताएका छन । गीतमा स्वर, शब्द र संगीत स्वयम गायक उज्ज्वल गिरीको रहेको छ । गीतको संगीत संयोजन इन्जिनियर आभाष श्रेष्ठले गरेका हुन।

मेडिकल डिग्रीको अन्तिम वर्षमा अध्यनरत गिरीले आफ्नो पढाईको बेस्तताको वावजुद पनि आफ्नो लुकेको प्रतिभालाई प्रस्फुटन गर्दै संगीतलाई निरन्तर अगाडि बढाइरहेका छन । उनको पहिलो गीत ‘तिमी र म’ले इपिक म्युजिक अवार्डमा विभिन्न ३ विधामा अवार्ड समेत पाउन समेत सफल भएको थियो । अवार्डले आफुमा संगीतमा अझै केहि गर्नु पर्छ भन्ने हौसला थपेको गायक गिरी बताउछन । गायक गिरी इनस्क्रिप्टर ब्याण्ड संग समेत आबद्द छन ।

‘तिमी मेरो’ म्युजिक भिडियोमा इन्जिनियर दीप गिरी र अर्चना डी क्षेत्रीको अभिनय रहेको छ । उज्ज्वलको संगीत यात्रामा सहयोग पुर्याईरहेका उज्ज्वलका दाई दीप गिरीले यो भिडियो निर्माण गरेका हुन।रुपन पौडेलको छायांकन, सम्पादन र निर्देशनमा भिडियो तयार भएको हो । हाइलाइट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई दर्शक स्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । गायक गिरीले नयाँ कलाकारलाई प्रोत्साहन गरिदिन सम्पुर्ण संगीतप्रेमी र मिडिया हाउसलाई आग्रह गरेका छन ।