“गाईलाई चराउदै” ऐतिहास झल्काउने २५० बर्ष पुरानो गीत, कमल भुसाल चन्चलको (भिडियो)

काठ्माडौं, युवा पुस्ताका लोकप्रिय कलाकार कमल भुसाल ‘चञ्चल’ ‘ गाइलाइ चराउदै ’ बोलको गीत आफ्नै युट्युब च्यानबाट रिलिज गरेका छन्। गीतमा आफू सानो हुँदा गर्दै र भोग्दै आयका गाउँले जिबनलाइ समेटिएर प्रस्तुत गरिएको छ ।

यो गीतमा कमल भुसाल ‘चञ्चल’ र कृष्णा परियारको सुमधुर स्वर सुन्न सकिन्छ । ‘गाईलाई चराउँदै’ बोलको गीत उनै प्रतिभावान कलाकार कमल भुसाल ‘चञ्चल’ कै लय तथा शब्द सृजनामा तयार भएको हो ।

यस गीतको म्युजिक भिडियोमा कमल भुसाल ‘चञ्चल’ , साया भण्डारी, चित्रमायाँ श्रेष्ठ, सरु विस्ट, रुपा भुसाल, बिक्रम सेन, भेषराज खनाल, बलराम भुसाल, चेत बहादुर सेन ‘मकरे’, मित्र घर्ति, शिवहरी अर्याल, अर्जुन, मुकुन्द प्रसाद रेग्मी, लेखनाथ भुसाल, प्रेम भुसाल, निर्मला भुसाल, संदेश भुसाल, कुसुम थापा, मिसकल भुसाल, प्रमिसा अर्याल र टुइटर भुसालको सामुहिक अभिनय रहेको छ।
बाल्यकाल लाई ध्यानमा राखेर चञ्चलले बनाएको गीतको म्युजिक भिडियो पनि फरक शैलीको छ । एक पछि अर्को गीत दिँदै आएका ’चञ्चल’ यो गीतले पनि दर्शक-स्रोताहरुको माया पाउने उनको विश्वास छ ।

जस्तो सुकै प्याटर्न र लयमा भएका गितहरुलाई आफ्नो सुमधुर स्वरमा राम्रोसंग ढाल्न सक्ने क्षमता भएका कलाकार ‘चञ्चल’ साङितिक क्षेत्रलाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन भन्ने उनको गायन क्षमताबाट सजिलैसंग अनुमान गर्न सकिन्छ। जस्तो सुकै परिस्थिती र सबैसंग मिल्न सक्ने मिजासिलो स्वभावका ‘चञ्चल‘आफुले अझै पनि दर्शकको रोजाई अनुसार गितहरु बजारमा ल्याउने बताउछन।

आफ्नो गेटअपका कारण चर्चामा रहने कलाकार चञ्चलले मान्छे सानी सानी र २ कीलो आलु जस्ता लोक गितमा र्याप हानेको भन्दै सबै भन्दा धेरै गाली खाएपनी निकै चर्चामा आयको पाइन्छ ।

आफुलाइ ‘चञ्चल’ भनेर चिनाउने कमल भुसाल बास्तबमा धेरै नै भावुक रहेछन् मान्छे सानी सानी, दुई किलो आलुमा जत्ती चञ्चलता देखायता पनि पछिलो समयमा बलवान हुँ भन्थे समय रोक्नै सकिन मैले , पिया राजै ,आँखा रसायो, म रुँदा संगसंगै रुने मायाले ,जस्ता गित निकै भबुक देख्न सकिन्छ।

मान्छे सानी सानी , दुई किलो आलु जस्ता गितमा तेति धेरै चञ्चलता देखाउने चञ्चलमा एक्कासि यो परिवर्तन कसरी आयो त ? के यो आफैमा भाबुक भयर होकि समय र परिस्थिति ले गर्दा भाबुक बनियो त ?

कमल भन्छन् कहिले समय सङ्गै भाबुक भए । कहिले व्यबहार र विबस्ताले भाबुक बनायो मेरो नाम र गेटअप चञ्चल भएको भएर मलाई प्रायले बुझ्न सक्दैनन् तर बास्तबमा म चञ्चल भन्दा बढी भाबुक छु।

कुरा आयो गितको …
मलाई मनबाटै भन्नुपर्दा सबैभन्दा मनपर्ने सेन्टी र लोक गित हो। कलाकार को खानी भनेर चिनिएको गुल्मी गिल्ला मा जन्मेको मान्छे म मलाई मेरै गाउँको झल्को मेटाउने भाका र शैली मन पर्छ। तेसरिनै मैले पनि भोलि छोरा नातिहरु भनम वा नयाँ पुस्तालाई केहि सन्देश दिनु छ भन्ने सोचेर अनि हाम्रो परम्परा र लोक सस्कृती को जगेर्ना होस भन्ने चाहानाले यो गित बजारमा लिएको छुँ।

“गाईलाई चराउँदै” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिबन पोख्रेलले गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन गिरिराज भुसालले गरेका छन् ।

गीतमा मीठो कलर बरीस्ट सम्पादक तथा पछील्लो समयका ट्रेडीङ् निर्देशक टेकेन्द्र शाह ले गरेका छन् ।गीतको अडियो तथा भिडियोलाई सन्देश नेपाल टि.भी कमल भुसाल “चञ्चल” नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । हामि निकै कर्णप्रिय गीत “गाईलाई चराउँदै” बोलको गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं । हेर्नुहोस उक्त गीतको भिडियो