हामी बनाउँछौं यो देश सफा

माघ महिनाको कठ्यांग्रिने चिसोमा बिहान सबेरै उनीहरु वाग्मती सफाईका लागि सहभागि भैसकेका थिए । हाम्रा अग्रजले छाडेर गएको दुर्गन्ध अब हामी सफा गर्छौं भन्दै कसिएका गोकर्णेश्वर नगरपालिका जोरपाटी स्थित चाल्र्स डार्विन एकेडेमीका बिद्यार्थीहरु परिवर्तनको शुरुआत आफैंबाट हुनुपर्ने बिषयमा जानकरी राख्दथे । वाग्मती सफाई अभियानको ३१३ हप्तासम्म आईपुग्दा समेत वाग्मतीमा फोहोर फाल्ने क्रम नरोकिएपछि माथिल्लो भेगको वाग्मती सफाई अभियानको नेतृत्व गर्दै आएको वाग्मती सुन्दरता सरोकार मन्चले गतहप्ताबाट स्थानीय बिद्यार्थीहरुको सहभागितामा वाग्मती सफाई अभियानलाई निरन्तरता दिएको हो । जस अन्तर्गत नदी किनारमा बिद्यार्थीहरुलाई वाग्मती सफाईको महत्व र आबश्यक्ताका बारेमा जानकारी गराईन्छ र उनीहरुलाई सफाई संस्कृतीका बारेमा समूदायमा चेतना भर्न र सफाई सम्बन्धमा अबिभावकत्व ग्रहणगर्न आग्रह ग।िन्छ ।

अभियानको प्रारम्भमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष रमेश अर्यालले नदी सफाईमा नगरपालिकाको तर्फबाट कुनै कसुर बाँकी नराख्ने जानकारी गराउनु भएको थियो भने अभियन्ता उत्तम पुडासैनीले बिद्यार्थीहरुलाई सफाई अभियानको आबश्यक्ताका बारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा बिद्यालयका प्रधानाध्यापक युवराज काफ्लेले सफाई अभियानमा बिद्यालयका तर्फबाट निरन्तर सहभागिताका लागि प्रतिबद्धता जनाउनु भएको थियो । २०७६ माघ २५ गतेको सफाई अभियानमा बिद्यार्थी सहित १२० जनाभन्दा ज्यादाको सहभागिता रहेको थियो भने सफाई कार्यक्रम जोरपाटी स्थित बठ बाटिका वरपर केन्द्रित गरिएको थियो ।

भवदीय
उत्तम पुडासैनी
अध्यक्ष
वाग्मती सुन्दरता सरोकार मन्च
९८५११७५७७७