“कान्छी” लिएर मनको पिंडा पोख्न आइन् लक्ष्मी श्रीमाली (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । पहिले-पहिले विरहका भाव मन्द बिटको गीत मार्फत पोखिन्थ्यो भने अहिले बजारमा फास्ट गीतहरुको चर्चापरिचर्चा बढी भएकोले आफुले भित्र लुकेका पिंडा र बेदनाका भावलाई पनि फास्ट बिटको गीत मार्फत नै ब्यक्त गर्न थालिएको छ । सोहि पेरिफेरीमा भर्खरै मात्र लक्ष्मी श्रीमालिको लोक दोहोरी गीत “कान्छी” सार्बजनिक भएको छ । गीतमा आफुबाट निकै समय टाढा रहेकी आफ्नी प्रेमिका संग भेट भएपछी मनभरि गुम्सिएको भाव खोलिदेउ भन्ने किसिमको भाव समाबेश गरिएको छ । गीतमा लक्ष्मी श्रीमाली र राजकुमार काफ्लेको सुमधुर स्वर सुन्न सकिन्छ ।

मौलिक स्वादमा राजु विरहीको लय र प्रकाश पुरीको शब्द सिर्जना द्वारा सजिएको गीतको म्युजिक भिडियोमा राजु बिरही र रिना थापा मगरको आकर्षक अभिनय सहित नृत्य देख्न सकिन्छ । मन भित्रको पिंडा समाबेश गरिएको भए पनि रोमान्चक सैलिमा तयार पारिएको गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम, कोरियोग्राफी अमों राना र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।