नेपाल आइडलकि रचना रिमालको घरमा पुग्दा! आमाले रचनाको बाल्यकाल सम्झेर आँसु झार्दै गाइन मनै छुने गित,बैनीको स्वर उस्तै मीठो (हेर्नुहोस भिडियो)

रचना रिमाल अर्थात चटपटेवाली यो नाम नेपाल आइडल सिजन थ्रीमा चलेको र निकै आशालाग्दो नाम हो । झापा भद्रपुर घर भएकी रचना नेपाल आइडलमा जानुभन्दा पहिला नै चर्चामा थिइन । नेपाल आइडलमा पुगेपछि रचनाको झनै चर्चा चुलिएको छ । सामान्य परिवारमा जन्मिएकी रचना रिमालको स्वर सानैदेखि नै आशा बोकेको थियो । बोली फुट्दादेखी गित गाउन रुचाउने रचनाले घर गाउँमा निकै राम्रो गाउने गरेको देखेर सबैले पाँच दश रुपैयाँ दिदै गित गाउन लगाउदै गर्थे । निकै मीठो उनको स्वरले स्कुल देखि पुराण लगायत जुनसुकै सानो कार्यक्रममा पनि स्थान पाउन थाल्यो ।

धेरै भजन समेत गाउदै किर्तनमा समेत पुरस्कार जितेकी रचनाले अब नेपाल आइडलको पुरस्कार पाउने कुरामा धेरैले सम्भावना बोकेकी कलाकार भनेर भनेका छन । नेपाल आइडलमा पनि निकै राम्रो प्रस्तुति संगै हरेक हप्ता जजहरुको पनि निकै तारिफ पाउदैछिन झापाकी रचना रिमालले । सारै मीठो स्वरकी धनी रचना नेपाल आइडल सिजन तिनबाट नेपालको पहिलो महिला बिजेता बन्ने सम्भावना धेरै देखिन्छ । नेपाल आइडलको कार्यक्रममा पनि सबैभन्दा धेरै राम्रो कमेन्ट रचनाकै आउने गर्दछ । आज समीर सुवेदी लगायत उनको सुपर अनलाइन टिभी रचना रिमालको घर पुगेको छ । घरमा पुग्दा निकै दयनीय अवस्था देखियो ।

रचनाले बेच्ने चटपटे पसल बन्द रहेको अनि आमाले पनि आँखा नदेखेर लुगा सिलाउने काम गर्न छाडेको रहिछन् । रचनाको परिवारमा तिनजना छोरी अनि आमाबुबा रहेछन । रचना रिमाल तिनजना छोरीमा माइली छोरी रहेको आमाले बताइन । रचनाकी कान्छी बहिनी पनि निकै मीठो गित गाउने रहिछन । रचनाका बुबाले सफारी चलाउने काम गर्दा रहेछन । आमाका अनुसार निकै गरिबीमा रचनाको परिवारले जसोतसो खान लाउन पुर्याउदै गरेको र रचनाको भोटिङका लागि आफ्ना परिवारले मन हुदा हुँदै पनि केही पनि खर्च गर्न नसक्ने बताउदै आँसु नै झारिन । रचनाकी आमाले रचनाको बाल्यकाल सम्झिदा घुरु धुरु रुदै यस्तोसम्म सुनाइन तलको भिडियोमा हेर्नुहोला तपाइको आँखाबाट आँसु खस्नेछ