एमसिसीका एजेन्ट भन्दै पत्रकार रबि लामिछाने माथी घिनलाग्दो आरोप !

पत्रकार न्युज२४ टिभी प्रोस्तोता रबि लामिछाने माथी केही न्युज वेबसाइट हरुले आरोप लगाएर समाचार प्रकाशित गरे बापत रबि लामिछाने ज्युले आक्रोशित हुदै तलको स्टाटस लेख्नु भएको छ !


एक रातको रक्सीको पैसा कसैले तिरिदिए मात्रैपनि कौडिको भाउमा ईमान बेच्ने यस्ता बेईमानहरुको हैसियत हेर्नुस्, कसले सिकाएर लेखेको होला यस्तो निराधार न्युज। प्रमाणित गर्न त परको कुरा एक पटक म सङ २ मिनेट आखामा आँखा जुधाएर उभिन मात्र सकुन यो लेख्नेले।भैगो, म सङ आँखा जुधाउनु पनि परेन,आफ्नै जन्मदातालाई आफुले लेखेको यो न्युज एक पटक पढेर सुनाउनु। तिम्रो आफ्नै आत्माले तिमिलाई कति धिक्कार्दो होला,थुक्दो होला।समाजमा यस्ता बेईमान मानिसहरु छन जो अर्काको इमानमा हिलो छ्यापेर छाक टार्छ्न। यी प्यारासाईटहरु हुन् ,जुकाहरु हुन् जो अर्काको इमान लाज पचाएर तन्तनी पिउछन र बाच्छन।भगवानसङ एउटा मात्र प्रार्थना छ,जीवनमा यस्ता मानिस जस्तो कसैको ईसारामा नाच्ने र जुठो खाएर बाच्ने दिन कहिले नआओस।बरु मर्न परोस् तर यस्ता मानिस जस्तो कसैको एजेन्ट (टट्टु) बन्न नपरोस्।