समाजसेवी लेखिका ज्वाला संग्रौलाको भ्रस्टचार बिरुद्ध आफ्नो बुलन्द आवाज अगाडी बढाई हिडी रहेका सामाजिक अभियन्ता ज्ञानेन्द्र साही सम्झिदै दिइन यस्तो सुझाब

समाजसेवी लेखिका ज्वाला संग्रौलाको भ्रस्टचार बिरुद्ध आफ्नो बुलन्द आवाज अगाडी बढाई हिडी रहेका सामाजिक अभियन्ता ज्ञानेन्द्र साही सम्झिदै दिइन यस्तो सुझाब : संग्रौलाले सामाजिक संजालमा लेखेको आफ्नो धारणा जस्ताको तस्तै ।

#साथी, हिजो तिम्रो औकात पनि फ़ेसबुक लाईभमा आएर बोल्ने मात्र थियो! तिमीलाई सँजालमा चिनाउने र माथी उठाउने पनि हामी जस्तै साना मान्छे थियौं ! त्यति बेला तिमीलाई संजाल चलाउने ठिक अनि अहिले चाहिँ बेठीक लागे हँ? दुईचार समर्थकको साथ पाएपछि दौरा सुरुवाल र ढाकाटोपीमा उक्लियौ अनि केहि युट्युबर हरुको क्यामराको फुँदोतिर फर्केर अलि माथि के उठ्यौ, तिमीले त आफ्नो धरातल नै भुलेछौ नि? तिमी मलाई आज हैन पाँच महिना अघिदेखि ग़लत छौ भन्ने कुराको राम्रो ज्ञान थियो जब म जस्तो बेकामे मान्छेको कमेन्टमा बैचारिक बहस गर्न नसकी मलाई साथीबाट हटायौ! तिमीले मलाई अनफ्रेण्ड गर्ने केहि दिन अघिको घटना याद छ कि छैन जब तिमीले ओम अस्पताल रबि लामिछानेको ससुरोको हो, अब news 24 बाट रिपोर्ट बज्छ कि नाई भन्दै ब्याकरण नमिलेका असुद्द शब्द राखी रबीलाई बदनाम गराउन एउटा स्टाटस हान्यौ! तर त्यो दिन तिम्रो उल्टो भाग्य झुल्किएको थियो !

जुन उदेश्यले रबिलाई ढुँगा हान्न खोज्यौ तर त्यहि ढुँगो टिपेर संजालका साथीहरुले तिमीलाई हान्न थाले किन वाहियात लेख्छस् भनेर ! त्यसपछि मलाई तिमिप्रति सहानुभूति जाग्यो ! तिमीले हतारमा ग़लत त लेख्यौ तर यहि एउटा स्टाटसले तिमी पतन हुनु कदापी हुन्न भनेरै मैले तिमीसँग म्यासेन्जरमा कुरा गरें! अनि तिमीले मलाई एउटा स्टाटस मिलाएर लेखिदिनु भनि आग्रह गर्यौ! यदि मेरो सानो शब्दले कसैलाई सहयोग मिल्छ भने म किन कन्जुस्याँई गर्थें, मैले पनि सन्तुलित रुपमा स्टाटस लेखेर तिमीलाई पठाएँ !

तिमीले मेरो शब्द र भाबनाहरु आफ्नो वालमा सजायौ र हजारौ लाइक र सेयर बटुल्यौ! त्यसपछि तिमी र मेरो एक हप्ता जति कुरा भएन ! पछि हेर्दा त मलाई अनफ्रेण्ड पो गरिसकेका रहेछौ! हुनत कस्लाई साथी बनाउने र कस्लाई हटाउने त्यो आफ्नो अधिकारको कुरा हो! तर अनफ्रेण्ड त्यो ब्यक्तिलाई गरिन्छ , ब्लक त्यो ब्यक्तिलाई गरिन्छ जस्ले बैचारिक बहस गर्न नसकेर सिधै चरित्र माथि औंला उठाउँछ ! तर मेरै स्टाटस कपी गरेर संजालमा सकारात्मक देखिएको तिमीले मलाई कुन आधारमा अनफ्रेण्ड गर्यौ?

म तिम्रो बिरोधी थिइन तर तिमीले त मलाई
आफ्नो ठूलै प्रतिद्वंदि ठानेर यो ज्वाला र यस्को बाउ देशद्रोही हो यी बाउछोरीको फ़ोटो राखेर स्टाटस लेख भन्दै केहि मान्छेहरुलाई समेत उकासेछौ! तर तिनीहरुले तिम्रो कुरा मानेनछन् ! प्रमाण खोज्छौ भने ठाउँको ठाउँ दिन तयार छु! तिनीहरुले ग़लत बोले या तिमीले ग़लत बोल्यौ यो मलाई थाहा छैन तर मलाई अनफ्रेण्ड गरेको आधारमा मलाई लाग्छ तिमीले पक्कै भनेका छौ! त्यसपछि रबि लामिछाने सालिकरामको मृत्यु प्रकरणमा फसाईए ! चितवनमा हजारौ जनता सडकमा आए, कति दिनसम्म यहि प्रकिया चलि रह्यो !

तर तिमीले सुरुमा रबिको पक्षमा बोलेनौ! जब पब्लिकको भीड़ बढ्दै गयो, त्यसपछि तिमी त्यहि भिडको सेन्टिमेन्ट नाप्न चितवन गयौ ! रबिको लागि खडा भएका २० हज़ार जनताको अगाडि उँभिएर ३० मिनेट नेतालाई सराप्यौ र बाँकी दुईतिन मिनेट जती रबिको लागी खर्च गर्यौ! त्यसपछि कता गयौ थाहा छैन! अनि जब रबि धरौटीमा रिहा भए , तिमीले खै को सँग हो , हेर म रबिलाई माला लाउन जान्न भनेछौ! त्यो रेकर्ड पनि मसँग छ! पछि तिमीले आफू जोगिन त्यो voice clip को थोरै अँस मात्र राखेर मेरो बदनाम गरियो भन्यौ! भिडीयो लामो होस् या छोटो , एक शब्द नै काफि हुन्छ नियत बुझ्न ! तर तिमी बचनको पक्का रहेछौ! रबिको लागि बनाईएको स्टेजमा उक्लेको तिमीलाई रबिको एकजना शुभचिन्तकले स्टेजको तलबाट एउटा माला थमाईदियो! त्यो माला तिमीले आफ्नै घाँटीमा हाल्यौ! जुन क्लिपको ट्रोल अहिले पनि संजालमा खोज्दा भेटिन्छ ! आज हरेक कुरामा रबिलाई मैले बचाएको भन्दै ब्याज खाँदै हिडेका छौ, हासो लाग्छ मलाई ..!

यी र यस्तै परिस्थिति हरुबीच तिमी चल्यौ, हामी चल्यौं, फेशबुक चल्यो र देश पनि अनेक काण्डहरु बोकेर चल्यो ! तिमीले हरेक काण्ड, देशको बेथिति र भ्रस्टचारलाई जुरुक्क बोक्यौ र सडकमा आयौ! कतिपटक दुख्ने गरि कुटाई खायौ,भालै रोपिए शरिरमा तर पनि बोल्न छाडेनौ! तिम्रो हिम्मतलाई म सलाम गर्छु आजपनि किनकी आफ्नो ज्यान जोखिमममा राखेर कमैले मात्र बोल्छन् ! जनताको राम्रो समर्थन मिल्यो पनि , किनकी देशको बिंग्रदो अवस्था देखेर वाक्क दिक्क प्याक्क थिए नागरिक हरु र तिम्रो आवाजलाई सलाम ठोके! कतिले तिम्रो भाषणमा बुझेर ताली बजाए, कतिले अरुले ताली बजाएको देखेर ताली बजाए! ती ताली बजाउनेको भिडमा म पनि थिएँ ! चाहे तिमीले मलाई तिम्रो दुश्मन नै सोचेका हौला तर कम्तिमा कोहि त आयो यो देशका भ्रस्टहरुलाई इन्काउन्टर दिन भनेर म खुसी थिएँ !

किनकी भ्रस्टचार बिरोधी आवाज तिम्रोमात्र हैन , मेरोपनि हो! देश तिम्रो मात्र हैन मेरोपनि हो! देस धरापमा पर्दा दुख्ने स्वाभिमान तिम्रो मात्र हैन मेरो पनि हो! गौतम बुद्दको अस्तित्व हरण हुँदा, सगरमाथा बसाईँ सर्दा लालीगुराँसको रंग लुटिदा बर्बाद तिमीमात्र हुने हैन ,म पनि हुँ! तसर्थ मैले तिमीलाई मानेको थिएँ! फेरि देशमा MCC काण्ड आयो, यो काण्डलाई पनि तिमीले राम्रैसँग उठायौ! किनकी यो बारेमा कोहि न कोहि त चाहिएकै थियो बोल्न , जहाँ सत्ता भित्र र सत्ता बाहिर दुबैतिर बसेका भ्रस्टहरु मिलिजुलि यो देश बन्धक राख्न तयार थिए र छन्! जस्को बिरोध म पनि गर्दै छु निरन्तर ! र यो अभियानमा म पनि तिमीसँगै छु! तर यहि अभियानको आडमा टेकेर तिमीले बारम्बार यो टिभिमा कराउने सेलिब्रिटी किन आएनन् सडकमा भन्न सुरु गर्यौ! लाईभमा अभियन्ताहरुलाई टोक्ने काम गर्यौ, चन्दा उठाएर मुलुक बन्दैन मैदानमा आईज भन्न थाल्यौ ! एसी रुममा बसेर भ्रस्टाचार रोकिदैन भन्दै बिचार र बहस अर्कैतिर लान थाल्यौ र हिजो हामीले रबिलाई बचायौं भन्दै त्यसैको ब्याज खाएर खोक्न थाल्यौ! मलाई यी सब हज़म नभएर तिमीलाई आफैंमैले म्यासेज भेजें र धेरै अनुत्तरित प्रस्नहरुको जबाफ खोजे! तर कुनैपनि प्रस्नको सटिक जबाफ पाईएन!अडियो कलमा कुरा हुँदा चाहि अब म दिपक र रबिको बिरुद्द लाईभ आउँछु समेत भन्यौ!

पछि मैले देशको लागि सबैले आआफ्नो ठाउँबाट लड्नु पर्छ किन हावामा बहकिनु भनेपछि अन्त्यमा आफ्नै हातले अन्फ्रेण्ड गरेको आफ्नै हातले एड गर्यौ!त्यपछि सब ठीकठाक चलिराथ्यो,तर अचानक फेरि रबिको बिरुद्द लेखिएका पोस्टहरु तिमीबाट सेयर हुन थालेपछि तिमीले जनताको समर्थनलाई दुरुपयोग गरेर हिँड्छौ कि भनेर तिमीलाई सचेत गराएको,तिम्रो भाषण सुनेर रगत उम्लिएका मजस्तै लाखौं युवाहरुको भविस्य तिम्रो अराजकताको पछि लागेर भिरबाट उभिण्डो पर्छ कि भनेर सम्झाएको तर आज त लाईभमा आएर उल्टै ठूलो कुरा पो गरेछौ त??अनि त्यो कलेज पढ्दै गरेको फुच्चेलाई देब्रेतिर बाट रबि बिरुद्द कुर्लन लगाएर दाहिने तिर उँभिएर ताली पड्काउने तिम्रो मक्सद के हो?? अनि कस्लाई धम्की दिएको तिमीले साईबर क्राईम ठोक्छु भनेर? देशको सर्बोच्च सुरक्षा निकायमा बसेको आईजीपीलाई बर्दी उतार भन्ने तिमीलाई चाहिँ कानुन नै नलाग्ने कुन रुखबाट उत्पादित काठ हौ तिमी?

तसर्थ म भन्दै छु, अझैपनि बिग्रिएको, भत्किएको ,चर्किएको केहि छैन, सिर्फ आफ्नो अभियानमा झुकाव राख र लुटिएका, ठगिएका गाँस बास् कपास उखेलिएका गरिबहरुको पक्षमा आफ्नो आवाज़ बुलन्द पार्दै जाऊ, बोल्दा बिचार पुर्याऊ र असल काम गर्दै जाऊ , मेरो पुरापुर सपोर्ट छ तर देशमा उठेका हरेक काण्डमा रबि सडकमा आओस् भन्ने सपनालाई त्यागिदेऊ! बाँदर रुखमा सुहाउँछ, माछा पानीमा सुहाउँछ! रबिको र तिम्रो ठाउँ अलग अलग हो! यदि रबि सडकमा आउनु पर्छ नै भने तिमीपनि news 24 मा join गर, स्टिंग हरु चलाऊ, रास्कोट जाऊ र अस्पतालमा श्रमदान गर, रबिलाई सडकमा ल्याउने जिम्मा हाम्रो भो लु! तसर्थ आज केहि समर्थकहरुको काँधमा बसेर सुमेरु पर्वत घुमेको सपना देख्नु हुन्न साथी! समर्थक त इतिहाँसमा हिटलरका पनि थिए, दाउद इब्राहिमका पनि थिए,ओसामाबिन लादेनका पनि थिए,मोहम्मद गद्दाफीका पनि थिए..!

तर बिश्वले उनीहरुलाई कुन बर्गमा राखेर हेरेको छ , त्यो पनि नभुल! आफैंले उल्टोउल्टो कुरा गर्ने अनि रबि र म बीच द्वन्द ल्याउने भन्दै गर्दा लाज लाग्दैन??? म आजसम्म चुपै थिएँ तर अति गर्न थालेपछि बोलेको छु! म मेरो बिचार स्पस्ट राख्छु, मलाई कुनै भाडाका खेतालाहरुसँग एकरत्ति डर छैन! मेरो फ़ोटो राख , फ़ेक आईडी बनाऊ, चरित्र हत्या गर , जे जे गर्नु छ गर, सिरक भित्रबाट मुड्की ताक्नेहरु मेरो नजरमा नालायक हुन्! चाहे तिन करोड मान्छेहरु मेरो बिरुद्द नै किन खड़ा नहुन्, म एक्लै हिम्मत गरेर उभिने मान्छे हुँ सत्य र न्यायको पक्षमा! आजसम्म देशमा राम्रो काम गर्ने कसैको एक थोपो बिरोध आलोचना गरेको छैन , तर केहि राम्रो कामको खोल ओढेर बदमास गर्दै छ भने म तेस्लाई छाड्दिन, चाहे त्यो मेरो बाउ नै किन नहोस्! देश बनाउने र भ्रस्टाचारको अन्त्य गर्ने हो भने सीधा बाटो हिँडौ र सीधा कुरा गरौँ! तिमीसँग हर कुरामा सहकार्य गरेर साथ दिने छु तर आफूलाई सुधारेर आऊ! यो मेरो बिरोध हैन, मेरो सल्लाह हो..! अझै लेख्न धेरै बाँकी छ…..! जय स्वाभिमान!