फेसबुकमा चिनेकै भरमा बिश्वास गरी दिदिबहिनीले कसैलाई सुन ,पैसा र इज्जत लिलाम नगर्नुस्!

श्रीमानले खाडीमा ४७ डिग्रीको तातो घाममा पसिना बगाउदै काम गरेको छ यता श्रीमतीको ४ बर्षको जवानी परपुरुषसंग बगेको छ|

फेसबुक धेरैका लागी ( फेसन ) बनेको छ । राम्रोसंग प्रयोग गर्न सक्ने र जान्नेहरुलाई फेसबुक जिबनउपयोगी भएको छ ।फेसबुकबाट धेरैले न्याय पाएका छ्न् , उपचार पाएका छन् राहत पाएका छन् , हरेक सूचना र दुखद घडीहरुमा धेरैको जिबन बदलिएको छ । फेसबुकले राम्रा मात्र होईन नराम्रा प्रकारका बिकृतीहरुका शिकार भने धेरै भएका छन् । पछिल्लो समय सामाजिक संजाल फेसबुक, भाइबर , इमो , वाट्सपबाट विभिन्न बाहानाका पैसा ठगी गर्ने र दिदिबहिनीहरुको इज्जत समेत लुटने गरेका घटना नघटेको होइनन् ।

सामाजिक संजालबाट पैसा ठगी गर्ने गिरोहमा भने महिला र पुरुष दुबै सकृय देखिन्छन् । अझै डरलाग्दो र घिनलाग्दो घटना त के भने फेसबुक, इमोमा चिने कै भरमा बिश्वास गरि भिडियो कलमा आफ्ना अस्लिल हर्कत र सर्बाङ्ग फोटा केटाहरुलाई पठाइदिने र र ती फोटा अलिकति रिस उठेपछि ती महिलाका श्रीमान र आफन्तलाई पठाइदिने र फेक आइडी बनाइ पोस्ट गर्ने गरेका दर्जनौं ती महिलाहरुका घटना म स्वयं हेरेकी छु र आइडी बन्द गराइदिएकी छु ।

कतिपय त्यस्ता हर्कत महिलाको इज्जतलाई लिलामी गर्ने पुरुषलाई लाइभ मै ल्याएर पनि तह लगाइएकी छु । अर्को पाटो महिला दिदिबहिनी असाध्यै कोमल र तुरुन्तै बिश्वास गर्ने हुँदा सामाजिक संजालबाट तुरुन्तै ठगिन्छन् ।

एउटा डरलाग्दो घटना – नाम र ठेगाना भन्न म असमर्थ छु ती महिलाको गोपनियताको लागि – खड्का थरकि ३२,३३ की महिला दुईजना बच्चा अनि श्रीमान बिदेश छन् १५,१५ बर्ष देखि खाडी मुलुकमा आफ्नो परिवार र बच्चाको खुशी र भबिस्यको लागि पशिना बगाइरहेका छन् । बच्चा पढाउन गाउँको घर देखि सदरमुकाम बजारमा कोठा लिएर बस्छिन् उनी फेसबुकमा एकजना अधबैंसे बिस्वकर्मा थरको केटासंग कुराकानी हुन्छ अनि फोन , भिडियो कल हुँदै मायापीरती झ्याङ्गिन्छ अब धेरै समय टिकेन एक दिन केटाले स्कुटरको लाइसेन्स निकाल्दिन्छु भनी बुटवल बोलाउछ र दुई जाना एउटा होटलमा बस्न पुग्छन् । यता श्रीमानले खाडीमा ४७ डिग्रीको तातो घाममा पसिना बगाउदै काम गरेको छ यता श्रीमतीको ४ बर्षको जवानी परपुरुषसंग बगेको छ। बिवाहा गरेको १५ बर्षसम्मको बिश्वास र इज्जत फेसबुकमा चिनेको केटासंग एकैरातमा स्वाहा भयो ।

एक रात बसी उनि आफ्नो घर फर्किन्छिन् ठिक ५ दिनमा केटाले आफुलाइ टेन्डर परेको पैसा चाहियो भनी माग्छ अब उनलाई त्यो एकरातले सबै बिर्साइदिएको छ उनी पुरै बिश्वास गरि रु ३ लाख पच्चीस हजार पैसा रिन खोजी दिन्छिन् त्यति मात्र कहाँ होर आफुले लगाएको दुइतोलाको सिक्री समेत दिन्छिन् अनि केटा लिएर गयो अनि कन्टाक बिहिन ……!

यत्रो पैसा ,सुन र शरीर नै सुम्पदासम्म उनलाई त्यो केटाको घर ठेगाना केही थाहा छैन । केही महिना पछि ती महिला मेरो सम्पर्कमा आएर सबै यी सबै कुरा भनिन् मैले त्यो केटाको कन्टाक नम्बर खोजी उसलाई निकै धम्काए पछि सिक्री फिर्ता गर्यो तर पैसा तिरेन मसग पनि कन्टाकमा आउन छोडेपछि ती महिलालाई रिनले निकै गारो भो र महानगरीय प्रहरी परिसरमा त्यो केटा विरुद्ध निबेदन दर्ता गरियो अहिले फरार छ । मैले यो घटना किन सेयर गरे भने हाम्रा दिदिबहिनी नफसुन भनेर चेतनाको लागी …. !

यो त एउटा प्रतिनिधि घटना हो अरु कति छन् कति यस्ता …

फेसबुकमा चिनेको भरमा बिश्वास गर्दा कति दिदिबहिनीलाई भारत लगेर बेचेका छन् कतिको जिन्दगी बर्बाद भएको छ कतिको घरबार तहसनहस भएको छ । अर्कोतिर फेरि पुरुषहरु पनि नफसिएको कहाँ होर फेसबुकमै चिनजान , फेसबुक मै प्रेम अनि फेसबुकबाट बिवाहा ल प्रिय् तिमी म नआउँदा सम्म कोठा लिएर बस भनी महिना- महिनामा पैसा पठाउछ्न लास्टमा नेपाल आउँदा फेसबुकबाट बिवाहा गरेको बुढी टाप हुन्छिन न रह्यो पैसा न नपाइयो फेसबुककी बुढी , अनि अर्को दुख मोबाईलमा रिजार्जकार्ड देखि विभिन्न समस्या देखाउछ्न् अनि बिदेशबाट खुरुखुरु पैसा पठाउछ्न दाजुभाइले ।

कमसेकम दिदिबहिनीले सोच्नुपर्यो कि फेसबुक , सामाजिक संजालमा चिनेकै भरमा बिश्वास गरि सुन , पैसा र इज्जत लिलाम गर्नु भएन चिन्ने माध्यम फेसबुक भए पनि उसलाई भेटेर र उसको बारेमा सबै बुझेर मात्र बिश्वास गर्नु जरुरी छ ।र दाजुभाइले पनि परिवारको समस्या भन्दा फेसबुकमा चिनेको केटिलाई बिश्वास गरी पैसा पठाउनु र जिन्दगीको सपना देख्नु भन्दा पहिला सचेत हुन जरुरी छ । सहि तरिकाबाट प्रयोग गरौ सामाजिक संजाल , तुरुन्तै महिला होस् या पुरुष प्रोफाइमा एउटा फोटो देख्दैमा तुरुन्तै कसैलाई बिश्वास नगरौं ।

सबै दिदिबहिनी र दाजुभाइलाई भन्न खोजेको होईन सामाजिक संजालमा यस्ता घटना धेरै घटेको र घटने हुँदा जनचेतनाको लागी कलम चलाएकी हुँ।

थाहा अनलाइन सरु सुनार , सामाजिक अभियान्ता