म्यानमार बाट माता सपनाको आग्रह सरस्वती पुजाको बाट नै संकल्प गरौं सधैं सरस्वती माताको ज्ञान् हृदयमा धारण गरौं

बिहिबार अर्थात आजकै दिन विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरीमनाइदैछ हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी तथा सरस्वती पुजाको दिन हरेक सरस्वती मन्दिरमा पुजा गर्नेको भीड लाग्ने गर्छ र तपाइले पनि सरस्वतीको पुजा गर्दै हुनुहुन्छ भने विधिविधान गर्नु पर्ने हुन्छ।

हामिले सरस्वतीको पुजा गरेमा विद्या र बुद्धिका साथसाथै सफलता पनि मिल्छ र यस दिन बिहानै उठेर नुहाउनुहोस् र पवित्र आचरण र वाणीको संकल्प लिँदै सरस्वतीको पुजा गर्नुहोस् सरस्वतीको पुजा गर्दा न्दन,अक्षता,सेतो र पहेंलो फूल,सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस् र पुजामा प्रसादको रुपमा चामल,खीर,दूध,दही,मक्खन,सेतो तिलको लड्डु,घिउ,नरिवल,सक्खर चढाउनु राम्रो मानिन्छ र पुजा गर्ने क्रममा बुद्धि र सफलताको कामना गर्दै घिउको दियो बाल्दै आरती गर्नुहोस् र यी श्लोक उच्चारण गर्नुहोस्!!

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता, या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता, सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।

शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं,वीणापुस्तकधारिणीमभयदां जाड्यांधकारपहाम्। हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।।