बन्चरो प्र*हार गरी ६० बर्सिया वृद्धाको ह*त्या ! हेर्नुहोस भिडियो

लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा बन्चरो प्रहार गरी एक वृद्धाको ह*त्या भएको छ । हत्या हुनेमा ६० वर्षीया सीता भुजेल रहेको प्रहरीले जनाएको छ ।

बाख्रा चराउन गएका बेला उनको हत्या भएको बताइएको छ । घाँटीमा बन्चरो रहेको अवस्थामा शव भेटिएको थियो । १८ वर्षदेखि पतिसँग छुट्टिएर बस्दै आएकी उनले सन्तान नभएपनि आफैले बाख्रा पालेर गरेको आम्दानीले बस्ने घर बनाएकी थिइन् ।

भाडामा बसेर बाख्रा व्यवसाय गरी ८ वर्षअघि उनले आफ्नै घर बनाएकी थिइन् । उनकोमा अहिले पनि १२ वटा बाख्रा रहेका छन् । उनले कानमा लगाएको गहाना र केही नगदसमेत हराएकाले लुटपाटपछि हत्या भएको हुनसक्ने स्थानीय बताउँछन् ।