महरामाथि प्रधानमन्त्री ओलीको अ’ट्याक- ‘एमसीसी रोक्ने उहाँ नै हो’ : देउवालाई पनि छाडेनन् (हेर्नुस् भिडियो सहित)

काठमाडौं, १५ माघ । सत्तारुढ नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सभामुख कृष्णवहादुर महराका बारेमा बोलेका छन् ।

राष्ट्रिय सभा गृहमा बुधबारबाट सुरु भएको बैठकलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सो क्रममा प्रधानमन्त्री ओलीले एमसीसी (अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन) पारित गर्नु पर्ने दवाव समेत दिएका छन् ।

एमसीसीबारे बैठकमा चर्को बहस हुने अनुमान गरिएका बेला प्रधानमन्त्री ओलीले यसअघि नै एमसीसी पारित गर्नुपर्ने बताएर सदस्यहरुलाई यसबारे बहस गर्नुपर्ने नरहेको सन्देश दिएका छन् । यसअघि मंगलबार प्रतिनिधि सभाको बैठकमा पनि प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने बताएका थिए ।

एमसीसी पारित गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सहमत रहेका बेला आफ्नै पार्टीभित्रबाट विरोधको स्वर निस्कन सक्ने भएकाले प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने बताएका हुन् ।

बुधबारको पार्टी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले एमसीसी रोक्ने कार्यमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरा रहेका बताए । एमसीसीबारे कुरा गर्न महरालाई जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘तर किन महराले एमसीसी रोक्ने कार्य गर्नु भयो, थाहा नै भएन ।’