नकुलसंग सम्पती केही छैन ? करोडौं लिएर श्रीमती अर्कैसंग, अनुपाको आरोप सुनेपछि नकुल आक्रोशित (भिडियो)

तनहुँ जिल्ला भानु नगरपालिका ९ का नकुल अधिकारी अहिले घर न घाटका भएका छन् । करिब १३ बर्ष बिदेशको माटोमा आफ्नो पसिना बगाएर जोडेको सबै सम्पती लिएर श्रीमती अनुपा अधिकारी अर्कैैसंग हिडेपछि तनाव भएका हुन् । दुई नाबालक छोरीहरु समेत लिएर केही महिना पहिलेदेखी अनुपा हराईन्, पछि बुझ्दै जाँदा कुमार कार्की भन्ने व्यक्तिसंग उनी हिडेको र छोरी पनि संगै रहेको बुझिएको छ । करिब ६ बर्षको प्रेमलाई बिबाहमा परिणत गरेका नकुलले आफ्नो सबै सम्पती श्रीमतीको नाममा गरेका थिए । गत भदौ महिनादेखी श्रीमतीले भानुबाट काठमाण्डौं व्यवसाय गर्न गएको र त्यसपछि राम्रोसंग बोलचाल नभएको खुलासा समेत गरे । बिहीबार अनुपा अधिकारीले नकुल र परिवारमाथी आरोप लगाउँदै बेलेपछि नकुल झन आक्रोशित भएका छन् । अनुपाले भने जस्तो नगरेको र बुढा बुढीको झगडा सामान्य भएको बताए । आफूले छोरी मार्ने, काट्ने र खाने जस्ता कुराहरु नगरेको भन्दै लुकेर बसेर होईन अगाडी आएर बोल्न समेत उनले आग्रह गरेका छन् ।